Grace Computer Jawalakhel
मनोरञ्जनसमाचार

अभिनेत्री दीया पुनले अफ्रिकाको सबैभन्दा अग्लो हिमाल किलिमन्जारोको शिखर आरोहण गर्न सफल

Diya Pun

काठमाडौँ। अभिनेत्री दीया पुनले अफ्रिकाको सबैभन्दा अग्लो हिमाल किलिमन्जारोको आरोहण गर्न सफल भएकी छन् । आइतबार बिहान ७ बजे उनले हिमालको शिखर चुमेकी हुन् ।

हिमालको शिखरमा नेपाली झण्डा समेत फहराएको तस्बिरसहित उनले सामाजिक संजाल मार्फत आरोहणको सफलताबारे शेयर गरेकी छन् । ५ हजार ८ सय ९५ मिटर (१९ हजार ३४१ फिट) अग्लो उक्त हिमालको चुचुरोमा पुगेको जानकारी दिएकी दियाले आफ्नो सपना पुरा भएको बताएकी छन् ।

दीयाले अघिल्लो वर्षको जेठमा विश्वकै सबैभन्दा अग्लो हिमाल सगरमाथाको सफलता पूर्वक आरोहण गरेकी थिइन् । यसअघि उनले ८ हजार १६३ मिटरको संसारको आठौँ अग्लो मनासलु समेत आरोहण गरिसकेकी छन् । सन् २०१८ मा अर्जेन्टिनास्थित ६ हजार ९६१ मिटर अग्लो माउन्ट अकोनकागुवाको उनले आरोहण गरेकी थिइन् । उनको विश्वका ७ अग्ला शिखर आरोहण गर्न लक्ष्य रहेको छ ।

फिल्म ‘वीर विक्रम’बाट अभिनयमा डेब्यु गरेकी दीयाको गत असारमा फिल्म ‘अन्तिम संस्कार’ प्रदर्शनमा आएको थियो । फिल्म व्यावसायिक रूपमा सफल हुन नसके पनि दीयाको अभिनयले भने चर्चा पाएको थियो । उनको फिल्म ‘दयारानी’ प्रदर्शनमा आउन बाँकी छ ।

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
chinese language institute in lalitpur nepal
Oppazz

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button