समाचार

रक्त सञ्चार केन्द्रलाई भीमदत्तको पाँच लाख सहयोग – Good News 24

Gobal IME Bank

दोधारा चाँदनी । कञ्चनपुरको भीमदत्त नगरपालिकाले नेपाल रेडक्रस सोसाइटी कञ्चनपुर शाखालाई निःशुल्क रक्त सञ्चार सेवाका लािग रु पाँच लाख सहयोग गरेको छ ।

शुक्रबार भीमदत्त नगरपालिकाका उपप्रमुख नीलम लेखक जोशीले नेपाल रेडक्रस सोसाइटी कञ्चनपुर शाखाका कार्यालय प्रमुख मनोज उप्रेतीलाई रु पाँच लाखको चेक हस्तान्तरण गर्नुभयो । नगरपालिकाले जिल्लामा रगतको अभाव हुन नदिन रक्त सञ्चार केन्द्रलाई सहयोग गरेको उपप्रमुख जोशीले बताउनुभयो । “हामीले रगत अभाव हुन नदिन सहयोग रकम उपलब्ध गराएका हौँ”, उहाँले भन्नुभयो, “रेडक्रसलाई हरेक वर्ष रगत व्यवस्थापनका लागि नगरपालिकाले सहयोग गर्छ ।”

नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा कञ्चनपुरका कार्यालय प्रमुख उप्रेतीले उक्त रकमले रक्त सञ्चार केन्द्रलाई ब्लड बैंक स्थापना गर्नका लागि सहयोग पुग्ने बताउनुभयो । “गत वर्ष नगरपालिकाबाट रु चार लाख सहयोग पाएका थियौँ । यसपटक पाँच लाख सहयोग भएको छ”, उहाँले भन्नुभयो, “नगरपालिकाको सहयोगले रक्त सञ्चार केन्द्रलाई धेरै सहयोग पुग्छ ।” उहाँले रेडक्रसले रगतको अभाव हुन नदिनका लागि विभिन्न समयमा रक्तदान शिविरहरु आयोजना गरिराखेको बताउनुभयो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button