मनोरञ्जनसमाचार

चलचित्र ‘२ नम्बरी’ विदेशमा विक्री सुरु – Good News 24

Gobal IME Bank

काठमाडौँ, १९ असार । कार्तिक ४ गतेबाट चलचित्र ‘२ नम्बरी ‘ देशब्यापी प्रदर्शनमा आउन लागेको छ । देसव्यापी प्रदर्शन निश्चित भए संगै चलचित्र ‘२ नम्बरी’ को बिदेशमा पनि उतिक्कै माग बढेको छ । ‘रेड बर्ड प्रोडक्शन’ को प्रस्तुति चलचित्र ‘२ नम्बरी’ मा दीपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको छ । पहिलो तस्बिर सार्वजनिक गरे सँगै विभिन्न देशमा चलचित्रकोमाग भईरहेको छ । फिल्म प्रस्तुतकर्ता किरण नेपालीका अनुसार फस्टलुक सार्वजनिक भएसँगै विभिन्न देशमा फिल्म विक्री भैसकेको छ ।  कार्तिक ४ गते नै दक्षिण कोरिया, दुबई,बहराइन, कुवेत, कतार, जोर्डन, साउदी अरब लगायतका देशमा एकै चोटी रिलिज हुने भएको छ । चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, उगेन छोदेन लगायतका कलाकारको अभिनय गरेका छन ।
दीपक मनाङ्गे, अमलादेवी राई र जयस श्रेष्ठको लगानीमा बनेको यो फिल्मलाई किरण नेपालीले प्रस्तुत गरेका छन् । २ साथीको मित्रताको कथा रहेको चलचित्रमा सरोज नेपाली कार्यकारी निर्माता रहेका छन ।
फिल्मलाई दीपेन्द्र लामाले निर्देशन गरेका छन भने अन्य देशहरुमा पनि प्रदर्शनको कुराकानी भईरहेको निर्देशक लामाले जानकारी गराएका छन । उनले भने, ‘फिल्मको फस्टलुकले दर्शकको मन जितिरहेको छ । यसैले, विदेशमा पनि फिल्म धमाधम विक्री हुन थालेको छ ।’ सौगात मल्ल दयाहाङ राईका फिल्मले ओभरसिजमा राम्रो व्यापार गर्ने भएकाले पनि विक्री सुरु भएको थाहा पाउँन सकिन्छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button