मुख्य समाचारसमाचार

हुम्लाका उम्मेदवारहरुको काठमाडौंबाट नै मनोनयन दर्ता

Gobal IME Bank

काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि हुम्ला जिल्लाका उम्मेदवारहरुले काठमाडौंबाट नै मनोनयन दर्ता गराउनुभएको छ ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि आईतवार मनोनयन दर्ता गर्ने समय दिइएको छ । विगत हप्ता दिनदेखि परेको वर्षाका कारण दुर्गम हिमाली जिल्लाहरुमा हिमपात भइरहेकोले प्लेन जान नसक्दा हुम्ला जिल्लाका उम्मेदवारहरुले भने निर्वाचन आयोगमा उपस्थित भएर मनोनयन पत्र दर्ता गराउनुभएको हो ।

नेकपा (एमाले) को तर्फबाट हुम्ला जिल्लामा प्रतिनिधि सभाका उम्मेदवार दल रावलले मौसम खराबीका कारण जिल्लामा जान नसकेका कारण पार्टीको औपचारिक पत्र र प्रतिनिधि करार गरेको पत्र निर्वाचन आयोगमार्फत सम्बन्धित निर्वाचन कार्यालयमा पठाएको बताउनु भयो । उहाँले आफ्नो पार्टीको प्रतिनिधि सभा र प्रदेश सभामा पनि निर्वाचन आयोगमार्फत नै मनोनयन दर्ता गराएको बताउनु भयो । सत्तारुढ गठबन्धनका उम्मेदवारले पनि काठमाडौंबाट नै मनोनयन दर्ता गराउनुभएको उहाँको भनाई छ ।

नेता रावलले आफू सांसद निर्वाचित भएमा हुम्ला जिल्लाको सडक समस्या समाधान गर्न पहल गर्ने बताउनु भयो । उहाँले भन्नुभयो – ‘मौसम खराबीका कारण हेलिकप्टर, प्लेन जान सकेन । पार्टीको औपचारिक पत्र र प्रतिनिधि करार गरेको पत्र हामीले निर्वाचन कार्यालयमा पठाएका छौँ । गठबन्धनका साथीहरुले पनि यही गर्यौ । दुवै प्रदेशको पनि गर्यौ । यो दुखद् बाध्यताको अन्त्य गर्न मेरो पहिलो एजेण्डा अब के हुन्छ भने सुर्खेतदेखि हिल्सा टु लेनको फास्टट्रयाक सडक ४०३ किलोमिटर छ । त्यो पुर्याउनको निम्ति नेपाल सरकारलाई म यदी संघको सांसद भएर हुम्ली जनताले सेवा गर्ने अवसर दिएभने म यो पूरा गर्छु ।’

त्यस्तै हुम्ला जिल्ला प्रदेश सभा ख मा एमालेको तर्फबाट उम्मेदवार छक्कबहादुर लामाले पनि जिल्लामा हिमपातका कारण जान सम्भव नभएपछि काठमाडौंबाटै मनोनयन दर्ता गर्नुपरेको बताउनु भयो । उहाँले भन्नुभयो- ‘हिमपात छ । बाटोघाटो छैन । प्लेन पनि उडिरहेको छैन । एकहप्ता भन्दा बढी भइसक्यो । त्यसैले हामी यहीँबाट पार्टी टिकट र वारेसनामा पठाउन खोजेको ।’
नेता लामाले आफू उम्मेदवार बन्ने चाहाना नभएपनि जनताको मागका कारण उम्मेदवार बन्नुपरेको बताउनु भयो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button