अन्य

उपनिर्वाचन अन्तर्गत भोलि मतदान

Gobal IME Bank

१३ मंसिर, काठमाडौं : उपनिर्वाचनका लागि मतदान केन्द्रहरुमा आबश्यक तयारी अन्तिम चरणमा भैरहेको छ । उपनिर्वाचनमा भोलि बिहान ७ बजेदेखि साँझ ५ बजे सम्म मतदान हुँदैछ । उपनिर्वाचनका लागि ३७ जिल्लाका ५२ रिक्त पदको मतदानका लागि २४७ मतदान स्थल र ५३७ मतदान केन्द्र तोकिएका छन् । उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्न सबै सुरक्षा निकायको समन्वय र सहभागितामा उपनिर्वाचन लक्षित सुरक्षा योजना तर्जुमा गरी प्रभावकारीरूपमा कार्यान्वयनमा आएको निर्वाचन आयोगले जनाएको छ । भोली कास्की–२ मा प्रतिनिधिसभाको उपनिर्वाचन हुँदैछ भने भक्तपुर, बागलुङ र दाङ गरी तीन स्थानमा प्रदेशसभा सदस्यका लागि उपनिर्वाचन हुँदैछ । त्यस्तै धरान उपमहानगरपालिकाको प्रमुख, पाँचथरको फाल्गुनन्द गाउँपालिका, संखुवासभाको मकालु गाउँपालिका र महोत्तरीको पिपरा गाउँपालिका अध्यक्षका लागि पनि उपनिर्वाचन हुँदैछ । हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपप्रमुखका लागि पनि उपनिर्वाचन हुँदैछ । यसैगरी ४३ जना वडाध्यक्ष पदका लागि पनि मतदान हुनेछ । ४३ वडाध्यक्षमध्ये २२ नगरपालिकाका वडाहरु छन् भने २१ गाउँपालिकाका वडाहरु रहेका छन् ।।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button