Grace Computer Jawalakhel
शिक्षा स्वास्थसमाचार

खाली पेट सुत्नु हुन्छ कि हुँदैन ?

एजेन्सी । हामीले हरेक दिन पर्याप्त मात्रामा खाना खानु पर्छ बिहानको ब्रेकफास्ट होस् वा रातिको खाना पर्याप्त मात्रामा सेवन गर्नु हाम्रो शरीरको लागि लाभदायक हुन्छ । राति खाना नखाई सुत्नु स्वास्थ्यका लागि हानिकारक हुन्छ। खाली पेट सुत्दा हाम्रो शरीरको मेटाबोलिजम सिस्टममा असर पर्छ । भोक लागेर राति निद्रा नलाग्ने, मांसपेशी कमजोर हुनेलगायत समस्या आउछन्।

–प्राय मानिसमा राति खाना नखाई सुत्दा वजन घट्छ भन्ने सोचाई हुन्छ तर यो सोचाइ गलत हो। रातिको खाना नखाँदा बिहानमा जति भोक लाग्छ, त्यति नै बढी खाना खाइन्छ यसले गर्दा वजन घट्ने होइन, बढ्ने गर्छ।

–कतिलाई लाग्छ, राति भोजन ग्रहण गर्न आवश्यक छैन, सुत्दा ऊर्जा चाहिँदैन तर, शरीरलाई चौबिसै घण्टा ऊर्जाको आवश्यकता हुन्छ। शरीरले जतिखेर पनि क्यालोरी खपत गरिरहेको हुन्छ। राति भोकै सुत्दा निद्रा लाग्दैन र राम्ररी सुत्न नपाउँदा शरीरमा ऊर्जाको स्तर कम हुन्छ।

–खाली पेट सुत्दा भोलिपल्ट बिहान मुड ठीक हुँदैन र रिस उठ्ने समस्या हुन्छ र तनाव महसुस हुने समस्या हुन्छ त्यसैले राति खाना खाएर मात्र सुत्नुपर्छ।

–खाना नखाई सुत्ने बानीले स्वास्थ्यमा नकारात्मक असर पार्न सक्छ। त्यसैले हल्काफुल्का भए पनि केही खाएर मात्र सुत्नुपर्छ।

राति सुत्नु भन्दा २, ३ घण्टा अगाडी खाना खाने र राति हल्का किसिमको धेरै चिल्लो किसिमको खाना नखाने यसले गर्दा हाम्रो शरीरको मेटाबोलिजम सिस्टमले राम्रो सँग कार्य गर्न सक्छ ।

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
chinese language institute in lalitpur nepal
Oppazz

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button