गुड न्यूज 24शिक्षा स्वास्थसमाचार

एसईई नतिजा आउँदै, अनलाइन प्रक्रिया मार्फत यसरी हेर्न सकिन्छ

SEE result

Gobal IME Bank

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तपुरले २०७९ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा हेर्ने वेबसाइट, एसएमएस र आईभीआर सार्वजनिक गरेको छ । एक सूचना जारी गर्दै परीक्षा बोर्डले यसबारे जानकारी दिएको हो ।
राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले यसअघिको जस्तै लेटर ग्रेडिङमा नतिजा प्रकाशित गर्ने अन्तिम तयारी गरेको हो ।

परीक्षा नियन्त्रण कार्यालयका अनुसार नतिजा प्रकाशनका लागि १९ संस्थाले अनुमति पाएका छन् । जसमा १४ वटामा वेबसाइटबाट नतिजा हेर्न सकिनेछ भने ५ वटाबाट एसएमएस र आईभीआरबाट नतिजा हेर्न सकिनेछ ।

यही हप्ता सार्वजनिक हुने बताइएको एसईई नतिजा अनलाइनबाट हेर्न केही समय लाग्छ । तर एसएमएस तथा आईभीआरबाट भने तुरुन्तै हेर्न सकिन्छ ।

मेसेजमार्फत नतिजा हेर्ने तरिका

एसईईको नतिजा नेपाल टेलिकमको एसएमएसमार्फत हेर्न तल उल्लिखित प्रक्रिया अपनाउनुहोस्

सबैभन्दा पहिले मोबाइलमा मेसेज एप खोल्ने ।
त्यसपछि न्यु मेसेजको अप्सनमा ट्याप गर्नुहोस् ।
त्यसपछि SEE लेखेर आफ्नो सिम्बोल नम्बर टाइप गरी १६०० (उदाहरणका लागि( SEE 12345678 टाइप गरी 1600) मा पठाउनुहोस् ।
त्यस्तै नेपाल टेलिकमको आईभिआर मार्फत नतिजा सुन्नका लागि १६०० मा कल गरेर अपरेटरले दिएको निर्देशनलाई पालना गर्दै सिम्बोल नम्बर टाइप गरिसकेपछि नतिजा थाहा पाउन सक्नुहुनेछ ।

एसएमएसबाट नतिजा हेर्ने अन्य विकल्प यसप्रकार छन्

.जानकी टेक्नोलोजी प्रालिबाट नतिजा हेर्न ३५००१ मा एसएमएस पठाउनुहोस् ।

.इजी सर्भिस प्रा लिबाट नतिजा हेर्न ३४९४९ मा एसएमएस पठाउनुहोस् ।

.आकाश टेक प्रालिबाट नतिजा हेर्न ३१००३ मा एसएमएस पठाउनुहोस् ।

.क्रियसन सफ्ट नेपाल प्रालिबाट नतिजा हेर्न ३१०३४ मा एसएमएस पठाउनुहोस् ।

यी सबैमा नेपाल टेलिकमको एसएमएस मार्फत नतिजा हेरे जस्तै प्रक्रिया दोहोर्‍याउनु पर्ने हुन्छ । एसएमएस र आईभीआर सेवामार्फत जीपीए मात्र थाहा पाउन सकिन्छ ।

एसएमएसमार्फत जीपीए मात्र हेर्न मिल्ने भएका कारण सम्पूर्ण विषयको ग्रेड थाहा पाउन वेबसाइटबाट नतिजा हेर्नुपर्ने हुन्छ । यसका लागि परीक्षा नियन्त्रण कार्यलयले यो वर्ष १४ वेबसाइटलाई स्वीकृति दिएको छ । सम्पूर्ण विषयमा आएको ग्रेड थाहा पाउनका लागि सिम्बोल नम्बर र जन्ममिती आवश्यक हुन्छ ।

राष्ट्रिय परीक्षा बोर्ड, नेपाल टेलिकम, एनआईसी एसिया बैङ्क, ईडीयू सञ्जाल, कान्तिपुर पब्लिकेसन लिमिटेड, द कनेक्ट प्लस प्रालि, खल्ती प्रालि,नीमा एडुकेसन फाउण्डेसन प्रालि, स्मार्टकार्ड नेपाल प्रालि, कम्प्युटायल नेटवर्क प्रालि, फोनिक्स एजुकेशन फाउण्डेसन, इम्प्रेसिभ मिडिया प्रालि र एवान सफ्ट सोलुसन टेक्नोलोजी प्रालि यि उल्लेखित साइटबाट नतिजाको सम्पूर्ण विवरण हेर्न सकिन्छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button