
काठमाडाैँ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको साविक खुद्रा बिक्री मूल्यमा प्रतिलिटर दुई रुपैँया घटाएको छ । आन्तरिक उडानमा प्रयोग गरिने हवाई इन्धनमा भने निगमले प्रतिलिटर चार रुपैँया ५० पैसा घटाएको छ । पेट्रयोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि अनुसार साेमबार रातिदेखि लागू हुने गरी उक्त मूल्य घटाइएको निगमद्वारा आज जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।
निगमका अनुसार, काठमाडौँमा पेट्रोलका खुद्रा बिक्री मूल्य रु १०६ तथा डिजेल र मट्टीतेलको मूल्य रु.९५ प्रतिलिटर कायम गरिएको छ । पर्यटन तथा हवाई क्षेत्रमा पर्न गएको असरलाई न्यूनीकरण गर्न देशैभर आन्तरिक उडानमा प्रयोग गरिने हवाई इन्धनमा प्रतिलिटर ४ रुपैँया ५० पैसा घटाएको जनाइएको छ । निगमका अनुसार हवाई इन्धन प्रतिलिटर रु ९० कायम हुनेछ ।
यो पनि पढ्नुहोस् ..
[irp posts=”3415″]
[irp posts=”2573″]
[irp posts=”4224″]
[irp posts=”2714″]
[irp posts=”3415″]
[irp posts=”3558″]
[irp posts=”3605″]
[irp posts=”3875″]
[irp posts=”3930″]
[irp posts=”2617″]
[irp posts=”4080″]
[irp posts=”4103″]