Grace Computer Jawalakhel
अन्यसमाचार

१६ वर्षीया फेयरको फिफा विश्वकपमा कीर्तिमान

Women's Worldcup

अस्ट्रेलिया र न्युजिल्यान्डमा भइरहेको फिफा महिला विश्वकपको पहिलो खेलमा कोलम्बियासँग २-0 ले पराजित भएपछि दक्षिण कोरियाका प्रशिक्षक कोलिन बेलले रमाइलो टिप्पणी गरेका छन् , ‘कम्तिमा हामीले आज एउटा इतिहास बनायौं।’

उनले आफ्नो टिमका फरवार्ड क्यासी फेयरको बारेमा कुरा गरेका हुन्। क्यासि फेयरले महिला पुरुष फिफा विश्वकप खेल्ने सबैभन्दा कम उमेरको खेलाडीको कीर्तिमान बनाएकी छन् ।

सिड्नीमा भएको यो खेलको ७७ औं मिनेटमा मैदान छिर्दै १६ वर्ष २६ दिनकी फेयरले कम उमेरमा विश्वकप खेलेर कीर्तिमान बनाएकी हुन्।

यसअघि यो कीर्तिमान नाइजेरियाकि इफेनी चिजाइनको नाममा थियो। सन् १९९९ विश्वकप खेल्दा उनको उमेर १६ वर्ष ३४ दिनको थियो। २४ वर्षपछि दक्षिण कोरियाकी फरवार्डले उक्त रेकर्ड तोड्न सफल भएकी छन्।

फेयरले यू १७ राष्ट्रिय टिमबाट दुई खेलमा पाँच गोल गरेपछि विश्वकपका लागि राष्ट्रिय टिममा छनौट गरिएको थियो।

सानै उमेर भएका कारण उनी व्यवसायिक खेलका लागि कुनै क्लबमा आबद्ध भएकी भने छैनन्। उनी अमेरिकामा एकेडेमी फुटबल खेल्छिन्, जहाँ उनी आफ्नो अमेरिकी बुबा र दक्षिण कोरियाली आमासँग बस्छिन्।

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
chinese language institute in lalitpur nepal
Oppazz

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button