समाचार

फुड बंैकमार्फत चार सयलाई राहत-GoodNews24

Gobal IME Bank

पाल्पाको रामपुरमा सञ्चालित फुड बैंक मार्फत अतिविपन्न परिवारका करीब चार सय नागरिक लाभान्वित भएका छन् । जिल्लामा जारी निषेधाज्ञाका मारमा परेका नागरिकलाई लक्ष्य गरी लायन्स क्लब अफ रामपुरले नगरका विभिन्न स्थानमा सञ्चालन गरेको फुड बैंकमार्फत चार सय २१ नागरिकलाई खाद्यान्न सामग्री सहयोग गरेको छ ।
कोरोना भाइरस सङ्क्रमणको बढ्दो जोखिममा लागु गरिएको निषेधाज्ञाका कारण समस्यामा परेका असहाय, गरीब र विपन्न वर्गका नागरिकका लागि फुड बैंक स्थापना गरी खाद्य सामग्री वितरण गरिएको क्लबका अध्यक्ष खिमबहादुर केसीले बताउनुभयो ।
पहिलो चरणको कार्यक्रमका लागि विभिन्न सङ्घसंस्था, व्यक्ति, सामाजिक व्यक्तित्व, जनप्रतिनिधिलगायतबाट रु एक लाख ९० हजार सङ्कलन भई राहत वितरण गरिएको आर्थिक समितिका संयोजक दीपेन्द्रप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
निषेधाज्ञा लागु भएपछि काम नै बन्द हुन पुग्दा बिहान साँभmको हातमुख जोर्न समस्यामा परेका बेला खाद्य सामग्री पाएपछि राहत पुगेको प्रेम थपलियाले बताउनुभयो ।
धान बालीमा गबारोको प्रकोप
धान बालीमा गवारो रोगले सताउन थालेपछि कृषक समस्यामा परेका छन् । यस वर्ष समय अनुकूल भएकाले राम्रो धान उत्पादन हुने आशा गरेका कृषकलाई बालीमा गबारोले सताएपछि उत्पादन घट्ने चिन्ताले सताएको छ ।
गवारो लागेपछि रामपुर नगरपालिका –६ विजयपुरका कृषक हरिप्रसाद गैरे चिन्तित हुनुहुन्छ । उहाँको सात रोपनी खेतमा लगाइएको सबै धानमा गबारोको प्रकोप देखिएको छ ।
यसभन्दा अघिल्ला वर्ष कृषकले सावित्री, हाइब्रिड, रामधान जस्ता धानको बीउ लगाउँदै आएका थिए । धानको मूल बीउ उत्पादनका लागि प्रदेश नम्बर ५ सरकारद्वारा कोभिड लक्षित कार्यक्रमअन्तर्गत रु एक लाखको सहयोगमा राधा १४ जातको धानको बीउ कृषकलाई वितरण गरिएको थियो ।
मूल बीउ उत्पादनका लागि लगाइएको धान बालीमा गबारोको समस्या देखिएपछि बीउ जोगाउनै मुश्किल पर्ने कृषक लेखनाथ रेग्मी बताउनुहुन्छ । यहाँ सातबीसे कृषक समूहले आठ वर्षदेखि नै धानको मूल बीउ उत्पादन गर्दै आइरहेको छ । बीउ उत्पादनका लागि दुई सय रोपनी क्षेत्रफलमा ३६ घरपरिवारका कृषकले लगाएको धानमा गबारोको प्रकोप देखिएको समूहका अध्यक्ष धर्मराज ढकाल बताउनुहुन्छ ।
नगरपालिकाभित्र राधा १४ र सावित्री जातका धानमा बढी गबारोको समस्या देखिएको कृषि शाखा प्रमुख रामहरि पाण्डेयले बताउनुभयो । उहाँका अनुसार विशेष गरी धानको बीउ उत्पादन क्षेत्र र स्मार्ट कृषि गाउँ कार्यक्रम सञ्चालित क्षेत्रमा लगाइएको धानमा गबारोको प्रकोप बढी देखिएको पाइएको छ ।
धानको ब्याडदेखि नै गबारोले सताउने हुँदा शुरुमा नै पहिचान गर्न सकियो भने रोगबाट धानबाली बचाउन सकिन्छ । गबारो रोग नियन्त्रणका लागि बजारमा आएका विभिन्न विषादी प्रयोग गर्न कृषि शाखा प्रमुख पाण्डेयले अनुरोध गर्नुभयो ।
नगरपालिका क्षेत्रमा पन्ध्र दिनअघिदेखि गबारोले सताएको छ । धानबालीमा आवश्यक पर्ने सूक्ष्म तत्वको कमीका कारण गबारोको समस्या निम्तने गर्छ । रामपुरबाहेक अन्य कुनै पनि स्थानमा गबारोको समस्याबारे कार्यालयमा हालसम्म जानकारी नआएको कृषि ज्ञानकेन्द्र पाल्पाका बागबानी विकास अधिकृत सन्तोष पाठकले बताउनुभयो ।
उहाँका अनुसार गबारोको प्रकोप बढ्दै गएमा ज्ञानकेन्द्रले स्थलगत रुपमा आकस्मिक बाली संरक्षण कार्यक्रम सञ्चालन गरी उपचार पद्धतिबारे कृषकलाई जानकारी दिनेछ । धानको तलको भागमा सानो सेतो खालको कीरा शुरुमा लाग्छ । पछि लामो हँुदै ठूलो पुतली बनेर सताउँछ । यसले धानको गुबो नै काटेर खाइदिने र उत्पादनमा ठुलो नोक्सान पु¥याउने हँुदा पहिले नै सतर्क रहन कृषि प्राविधिकले आग्रह गरेका छन् ।

यो पनि पढ्नुहोस् ..

[irp posts=”3554″] [irp posts=”2573″] [irp posts=”2770″] [irp posts=”2896″] [irp posts=”3174″]

 

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button