मुख्य समाचारशिक्षा स्वास्थसमाचार

निःशुल्क अध्ययन केन्द्रमा पढ्दै बालबालिका

Gobal IME Bank

गोलबजार । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–३ पोर्ताहास्थित मुसहर बस्तीमा जीवन विकास लघुवित्तले सञ्चालन गरेको निःशुल्क अध्ययन केन्द्रमा बेलुकाको समय निःशुल्क होम ट्युसन पढ्न पाएपछि स्थानीय बालबालिका उत्साहित छन् । लघुवित्त भन्नै सुन्नै बित्तिकै ऋण दिनेरलिने संस्था हो धारणा गाउँमा व्याप्त छ । दूरदराजका गाउँमा बसेका विपन्न वर्गका नागरिकहरुलाई उद्यमशील बनाउन यस्तो लघुवित्तको परिकल्पना गरिएको हो ।

लघुवित्तहरुले ग्रामीण भेगका गाउँगाउँमा पुगेर विपन्न महिलाहरुलाई जीविकोपार्जनका लागि कार्यक्रमहरु सञ्चालन गर्नाका साथै समाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न किसिमका क्रियाकलाप पनि सञ्चालन गरिरहेका छन् । सोही कडीका रुपमा निःशुल्क अध्ययन केन्द्र सञ्चालनमा ल्याएको हो । कमजोर आर्थिक अवस्थाका कारण आवश्यक शैक्षिक सामग्रीको अभाव र अतिरिक्त कक्षा ९ट्युसन० पढ्न नपाएर विद्यालय जान रुचि नगर्ने मुसहर बस्तीका बालबालिकाहरु जीवन विकास लघुवित्त लहान–२३ गढिया शखाद्वारा सञ्चालित निःशुल्क अध्ययन केन्द्रमा पढ्न अहिले उत्साहित हुँदैछन् ।

सो केन्द्रमा ३१ बालबालिकाले अध्ययन गरिरहेका छन् । उक्त संस्थाले बालबालिकाका लागि शैक्षिक तथा स्टेसनरी सामग्री र सहजकर्तालाई मासिक भत्ता उपलब्ध गराएको गढिया शखाप्रमुख बिमल सिंहले बताउनुभयो ।

“विद्यालयबाहिर रहेका र नाम लेखाएर पनि स्कुल नजाने बालबालिकालाई आवश्यक शैक्षिक सामग्रीका साथै पठनपाठनका लागि सहयोगका अतिरिक्त ‘होम ट्युसन’ सञ्चालन गरिएपछि उनीहरु नियमित विद्यालय जान थालेको सहजकर्ता रेखाकुमारी सदाले बताउनुभयो । उहाँले विद्यालयमा दिवा खाजा कार्यक्रम, छात्रवृत्ति, खेलकुदजस्ता क्रियाकलापले गर्दा दलित बालबालिकामा पनि विद्यालयप्रति आकर्षण बढेको छ भन्नुभयो । शाखाप्रमुख सिंहले मुसहर समुदायमा चेतनाको कमी भए पनि पढ्नुपर्छ भन्ने धारणको विकास हुँदै गएको उल्लेख गर्नुभयो ।

जीविकोपार्जनका लागि सहयोग गर्दै आएको लघुवित्तले निःशुल्क अध्ययन केन्द्र सञ्चालनमा ल्याएपछि अहिले विपन्न दलित बस्तीका बालबालिका नियमित विद्यालय जान थालेको सदस्य संसारी सदाले बताउनुभयो ।

यस कार्यक्रमबाट दलित बस्तीमा पढ्नुपर्छ भन्ने भावनाको विकास हुँदै गएको स्थानीय दिलचन्द सदाले उल्लेख गर्नुभयो । उहाँले पढाइप्रतिको लगाव र विद्यालय नियमित आउन थालेपछि आफूहरु उत्साही भएको जानकारी दिनुभयो ।

पोरतहा आधारभूत विद्यालयमा कक्षा ५ मा अध्ययनरत दिलखुसकुमार सदाले ट्युसन पढ्ने वातावरण मिलेपछि रमाइलो मानेर सधैँ विद्यालय जान थलेको बताए । आवश्यक शैक्षिक सामग्री र अतिरिक्त कक्षा ट्युसन पढ्न नपाउँदा विद्यालय जान रुचि नगर्ने टोलका सबै बालबालिका ट्युसन पढ्न पाएपछि विद्यालय जान थालेको कक्षा–४ मा अध्यनरत धिरज सदाले उल्लेख गरे ।

विद्यालयमा नाम लेखाए पनि नियमित नजाने रितेश घर नजिकै सञ्चालन भएको ‘होम ट्युसन’मा पढन थालेपछि विद्यालय पनि नियमित जान थालेको छु भने । विद्यालय सधैँ गए पनि घरमा पनि पढ्नुपर्छ भन्ने वातावरण थिएन तर ‘होम ट्युसन’ सञ्चालनमा आएपछि पूरै टोलभरिका सबैजना एकै ठाउँमा बसेर पढ्दै आएको पोरतहा आधारभूत विद्यालयमा कक्षा ५ कि रेखा सदाले बताइन् ।

जीवन विकास बाल शिक्षा अभियानअन्तर्गत सञ्चालित निःशुल्क अध्ययन केन्द्रमा सरस्वती जीवन विकास केन्द्रमा आवद्ध सदस्यहरुको कक्षादेखि कक्षा ५ सम्मका बालबालिका २०७९ असोज १ गतेदेखि निरन्तर अध्ययन गरिरहेका छन् ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button