मनोरञ्जनसमाचार

फ्राइडे रिलिज: हलमा रकी और रानीकी प्रेम कहानी, टक टु मी र धुमम लागे

Friday Release

Gobal IME Bank

काठमाडौँ। हलिउड फिल्म ‘ओपेनहाइमर’ र ‘बार्बी’को दबदबा कायम नै भईरहेको शुक्रबारदेखि नेपालमा बलिउड फिल्म ‘रकी और रानीकी प्रेम कहानी’, अष्ट्रेलियाली फिल्म ‘टक टु मी’ र दक्षिण भारतीय फिल्म ‘धुमम’ रिलिज भएको छ ।

रणवीर सिंह, आलिया भट्ट, धर्मेन्द्र, जया बच्चन र सबाना आजमीको अभिनय रहेको ‘रकी और रानीकी प्रेम कहानी’ को निर्देशक करण जोहर हुन् । कमेडी र फेमिली ड्रामा जनराको चलचित्रको लम्बाइ १६९ मिनेटको छ ।

यो चलचित्र फरक फरक व्यक्तित्व भएका जोडीको बारेमा हो, जसले विवाह गर्नुअघि तीन महिना एकअर्काको परिवारसँग बस्ने निर्णय गर्छन् । रकी रन्धावा (रणवीर) एक लाउड र तेजस्वी पञ्जाबी पुरुष हुन्छन् । रानी चटर्जी (आलिया) एक बौद्धिक बंगाली पत्रकार हुन्छिन् । आफ्नो सम्बन्धलाई लिएर पारिवारिक विरोधको सामना गरेपछि उनीहरुले विवाह गर्नुअघि तीन महिना एकअर्काको परिवारसँग बस्ने निर्णय गर्छन् ।

अष्ट्रेलियाको सुपरन्याचुरल जनरामा आधारित ‘टक टु मी’ डेनी र माइकल फिलिपले संयुक्त रुपमा निर्देशन गरेका हुन् । चलचित्रमा सोफी वाइल्ड, अलेकजान्ड्रा जेनसेन र जोय बर्ड लगायतको शीर्ष भूमिका रहेको छ । एडिलेड र सनडान्सजस्ता फेस्टिभलमा स्क्रिनिङ भइसकेको यो फिल्मको लम्बाइ ९८ मिनेटको छ ।

साथीहरुको एक समूहले कसरी सुगन्धित हातको प्रयोग गरेर आत्माहरुलाई नियन्त्रणमा लिन्छन् र त्यसपछि कथावस्तु कसरी अघि बढ्छ भन्ने बारेमा फिल्म आधारित छ ।

दक्षिण भारतीय फिल्म ‘केजीएफ’को निर्माता कम्पनी हम्बल पिक्चर्सले निर्माण गरेको नयाँ फिल्म ‘धुमम’ पनि शुक्रबारदेखि नेपाली हलमा रिलिज भएको छ । चलचित्रलाई पवन कुमार निर्देशित फिल्मलाई एक्सन, एड्भेन्चर ड्रामा जनरामा राखिएको छ ।

चलचित्रमा फहद फैसल, अपर्ना बालामुरली र रोशन मार्थ्यु शीर्ष भूमिकामा छन् । मुख्य पात्र अविनाश चर्चित चुरोट उत्पादक कम्पनीको मार्केटिङको जागिर छाड्न चाहन्छन्, तर यससँगै कथावस्तु नयाँ ढंगले अगाडी बढ्छ । यो चलचित्रको लम्बाइ दुई घण्टा २३ मिनेट रहेको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button