समाचार

कैलालीमा शनिबार देखि निषेधाज्ञा खुकुलो बनाइने-GoodNews24

Gobal IME Bank

धनगढी — कोभिड–१९को महामारीको संक्रमणलाई नियन्त्रण गर्न कैलालीमा लागू गरिएको निषेधाज्ञालाई शनिबारदेखि खुकुलो पारिने भएको छ । प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले शुक्रबार १२ बजे रातिबाट ३१ भाद्र मसान्त सम्म निषेधाज्ञा खुकुलो पार्दै केही सेवा सञ्चालन गर्न दिन लागिएको बताउनु भएको छ ।

उहाँका अनुसार सार्वजनिक सवारी साधन जोरबिजोर प्रणालीमा सञ्चालन गर्न पाइने छ । तर ५० प्रतिशत यात्रु मात्रैं बोक्न पाउने छन् । जिल्लामा भदौ ४ गतेदेखि निषेधाज्ञा जारी गरिएको हो ।

त्यसैगरी भिडभाड नगरी व्यापार/व्यवसाय खोल्न पाउने छन् । बिहान ५ देखि ७ बजेसम्म मात्रै व्यवसाय सञ्चालन गर्न सकिने छ । होटल रेस्टुरेन्टहरुले होमडेली भरि मात्रै गर्न पाउने प्रमुख जिल्ला अधिकारी बोहोराले बताउनु भएको छ। उहाँका अनुसार सेवाग्राहीको बढी भिडभाड हुने मालपोत, भूमिसुधार नापी, यातायात कार्यालयमा आन्तरिक कार्य सम्पादन बाहेक सेवा बन्द नै हुने छन् । अन्य सरकारी कार्यालयहरुले आधा कर्मचारी राखेर मात्रै कार्य सम्पादन गर्नु पर्ने छ ।

बैंक बित्तीय संस्थाहरुले आफ्नो सेवा ११ देखि २ बजेसम्म मात्रै दिन पाउने छन् र सुरक्षा मापदण्ड अपनाएर उद्योग सञ्चालन गर्न पाइने छ ।

यस अवधिमा शैक्षिक संस्था, तालिम केन्द्र सिनेमा अल, पार्टी भोजभतेर प्यालेस रंगशाला, फुटसल, खेलकुद, जिमखाना, ब्युटिपार्लर, सैलुन लगायतका सेवाहरु साथै बन्द नै रहने छन् । मेलाजात्रा, धार्मिक जात्राजस्ता क्रियाकलाप पनि बन्द नै रहने जनाएको छ ।

यो पनि पढ्नुहोस् ..
[irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”3549″] [irp posts=”3554″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button