मनोरञ्जनमुख्य समाचारसमाचार

शुक्रबारदेखि हलमा लाग्यो तिन चलचित्रः नीरफूल, हेम्जाकोट र ट्रान्सफर्मर्स

Gobal IME Bank

काठमाडौं । आज शुक्रबारदेखि नेपालमा तीन नयाँ चलचित्रहरु प्रदर्शनमा आएका छन् । तिमध्ये दुई भने नेपाली चलचित्रहरु ‘नीरफूल’ र ‘वेलकम टु हेम्जाकोट’ रहेको छ भने तेश्रो चलचित्र हलिउडको ‘ट्रान्सफर्मर्स: राइज अफ द बिस्ट्स’ छन् । यी तिनवटै चलचित्रहरु फरक फरक विद्याका छन् ।

कुरा गरौं चलचित्र ‘नीरफूल’को, यो चलचित्र फूलमान बल निर्देशित चलचित्र हो । चलचित्रमा २०७२ सालमा आएको विनाशकारी भूकम्पले धादिङको उत्तरी रुबीभ्यालीको एक परिवारमा ल्याएको असरको कथा देखाउन खोजिएको छ । चलचित्रमा दयाहाङ राई, शान्ति वाइबा र जिग्मे छ्योकी घिसिङको शीर्ष भूमिका रहेको छ ।

त्यस्तै अको नेपाली चलचित्र ‘वेलकम टु हेम्जाकोट’ कुरा गर्दा यो एक नाटक विद्यामा आधारित चलचित्र हो । ‘चलत्रिललाई सरोज पौडेलको निर्देशन बनेको हो । विनोद न्यौपाने, बुद्धि तामाङ, सन्दीप सिग्देल र अम्बिका तामाङको शीर्ष भूमिका रहेको फिल्मले कास्कीको हेम्जाकोट गाउँका तीन मिल्ने केटा साथीको कथा भन्छ ।

अब कुरा गरौं हलिउड चलचित्र ‘ट्रान्सफर्मर्स: राइज अफ द बिस्ट्स’ को, साइन्स फिक्सन र एक्सन जनरामा आधारित यस चलचित्र पनि आज शुक्रबारदेखि नेपाली हलमा प्रदर्शनमा आएको छ । यस चलचित्रलाई स्टिभन क्यापल निर्देशन गरेका हुन् । चलचित्रमा शीर्ष भूमिकामा एन्थोनी रामोस, डोमिनिक फिसब्याक, डोमिनिक डी रोसा रहेका छन् ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button