शिक्षा स्वास्थसमाचार

चन्द्रयान–३ ले चन्द्रमाको पहिलो तस्बिर पठायो

Chandrayan 3

Gobal IME Bank

भारतको चन्द्रयान–३ गत शनिवार (५ अगस्ट) मा चन्द्रमाको कक्षामा प्रवेश गरिसकेको छ । यससँगै चन्द्रयानले चन्द्रमाको पहिलो तस्बिर पठाएको छ ।

अघिल्लो महिना चन्द्रयान–३ मा आन्ध्र प्रदेशको श्रीहरिकोटाको स्पेस सेन्टरबाट १४ जुलाईमा प्रक्षेपण गरिएको थियो ।

चन्द्रयान–३ मिसनको आधिकारीक ट्विटर अकाउन्टमा लेखिएको छ – “चन्द्रमा २०२३ अगस्ट ५ मा लुनार ओर्बिट इन्टरसेक्सनमा चन्द्रयानबाट यस्तो देखिएको थियो। “

यो मिसनका लागि २३ अगस्ट सबैभन्दा महत्त्वपूर्ण मिति हो । यस दिन चन्द्रयानले दक्षिण ध्रुवमा सफ्ट ल्यान्डिङ गर्नुपर्छ । यो यस कारण पनि महत्त्वपूर्ण छ किनभने भारतको चन्द्रयान–२ यही चरणमा फेल भएको थियो ।

चन्द्रयान–३ मा एउटा ल्यान्डर, एउटा रोवर र एउटा प्रोपल्सन मोड्युल राखिएको छ । यसको कुल तौल ३,९०० किलोग्राम छ ।

यस मिसनमा चन्द्रयानको रोभर (सानो रोबोट) निस्कनेछ जसले चन्द्रमाको सतहमा अवतरण गर्नेछ र यसको पोजिसनिङ चन्द्रमाको दक्षिण ध्रुवमा हुनेछ । रोभरले चन्द्रमाको यस भागमा खनिज, पानी आदिके के पाइएला भनेर पत्ता लगाउनेछ ।

कुनै समयमा मानव जाति चन्द्रमामा बसोबास गर्न मिल्छ कि मिल्दैन भन्ने खोजका लागि यो मिसनले मद्दत गर्नेछ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button