Wednesday , 3 March 2021

कांग्रेस चुनावबाट भाग्न चाहँदैनः नेता थापा

काठमाडौं  : नेपाली कांग्रेसका युवा नेता गगन थापाले सरकारले गरेको प्रतिनिधिसभा विघटन संविधान विपरित भएको बताउनुभएको छ ।

प्रतिनिधिसभा विघटनको विरुद्धमा आज नेपालगञ्जमा भएको कांग्रेसको विरोधसभामा उहाँले भन्नुभयो, “कांग्रेस चुनावबाट भाग्न चाहँदैन तर संविधान मिचेर गरिने कुनै पनि निर्णयलाई मान्न सकिँदैन ।”

प्रदेशसभा सदस्य मोहम्मद याकुब अंसारी, बाँके कांग्रेसका अध्यक्ष किरण कोइराला, नगर समिति अध्यक्ष प्रशान्त विष्ट र रमेश गुप्ताले मुलुकको वर्तमान राजनीतिको विविध पक्षमाथि प्रकाश पार्नुभयो ।

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
Loading...

Check Also

आजदेखि खोप प्रदेशमा पठाइँदै-Goodnews24

काठमाडौँ, १० माघ – कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ आजदेखि सातवटै प्रदेशमा पठाउन थालिएको छ । …

Powered by Youth Circle