यस्ता छन् ग्यासट्रिकबाट जोगिने उपायहरु….

एजेन्सी । ग्यास्ट्रिक प्राय सबै मानिसमा खानामा ध्यान नदिँदा आउने स्वास्थ्य समस्या हो। सबैभन्दा राम्रो ग्यास्ट्रिक हुन नदिनु हो समयमै उपचार गरे ग्यास्ट्रिक निको पार्न सम्भव हुन्छ। । यसका लागि स्वच्छ र ताजा खाना खाने, सागसब्जी, फलफूल, भिटामिनयुक्त खाना बढी सेवन गर्नु पर्छ।
दूषित तथा रासायनिक खाना र फास्टफुडले ग्यास्ट्रिक निम्त्याउन मद्दत पुर्याइरहेका हुछन्। धेरै मानिसमा समयमा सन्तुलित भोजन नगर्नाले पनि ग्यास्ट्रिक हुने गरेको चिकित्सकको भनाई छ ।
सबै खालका ग्यास्ट्रिकले सामान्यतया उस्तै लक्षण देखाउँछन् तर ग्यास्ट्रिकका कारण भने फरक हुन्छन् । कुनै ग्यास्ट्रिकले तुरुन्तै लक्षण देखाउँदैन । इन्डोस्कोपी गरेर नमुना जाँच गर्न पठाउँदा ग्यास्ट्रिक भए नभएको पत्ता लाग्छ।
वाकवाकी लाग्ने, कहिलेकाही पखाला लाग्ने, खान मन नलाग्ने, पेट फुल्ने, डकार आउने, अपच हुने आदि ग्यास्ट्रिकका लक्षण हुन्। यी लक्षण देखिनेबित्तिकै उपचार गरेमा ग्यास्ट्रिकले अल्सर तथा क्यान्सरको रूप लिन पाउँदैन।
यस्ता छन् ग्यास्ट्रिकबाट बच्ने उपाय\
व्यायाम गर्ने
सन्तुलित भोजन खाने
ठीक समयमा खाने
कम्तीमा दिनको चारपटक खाने
बढी नुन, अजिनोमोटो भएको र पोलेको खानेकुरा नखाने
बासी, ढुसी परेका खानेकुरा नखाने
खाना खानेबित्तिकै नसुत्ने
रक्सी, चुरोट नखाने
खानामा हरियो सागसब्जी र फलफूल प्रशस्त मात्रामा समावेश गर्ने।
ग्यासट्रिक भएको महसुस हुँदा यी घरेलु उपाय पनि अपनाउन सकिन्छः
१)अदुवा
ग्यासथिट्रकको समस्याको लागि अदुवा निकै उपयोगी हुन्छ । शताब्दी देखि पेट दुख्ने समस्या र ग्यासको समस्याको लागि अदुवाको प्रयोग हुँदै आइरहेको छ । अदुवामा एन्टि इन्फ्लेमेटरी प्रोपर्टि हुन्छ जसले पेटलाई शान्त पार्नुका साथै इन्फ्लेमेसनलाई पनि कम गर्नका लागि मद्दत गर्छ । अदुवाको मसिनो टुक्रा काटेर पानीमा केहि मिनेट उमालेर दिनमा तिन पटक पिउँदा पेटलाई राहत मिल्ने छ ।
२) पुदिना
ग्यासट्रिकको समस्याको लागि अर्को घरेलु उपाय हो पुदिना यसमा पेटको पिडा, ग्यास र पेट फुल्ने समस्यालाई कम गर्न सक्ने क्षमता हुन्छ । पुदिनालाई पानीमा उमालेर पिउदा ग्यासट्रिको समस्या कम गर्न मद्दत मिल्छ ।
३) दही
दहीमा प्रोबायोटिक प्रशस्त मात्रामा पाइन्छ यो ब्याक्टेरियाले हाम्रो पेटमा हुने ब्याक्टेरियालाई सन्तुलित गर्नका लागि मद्दत गर्छ । यसले पेटमा भएको ग्यास र पेट फुल्ने समस्यालाई कम गर्न मद्दत गर्छ । दैनिक एक खाँदा ग्यासट्रिकको समस्याबाट जोगिन सकिन्छ ।