मुख्य समाचारसमाचारसूचना प्रविधि

मोबाईल नम्बरबाट ह्याक हुन सक्छ तपाईको बैंक अकाउन्ट, कसरी सुरक्षित राख्ने ?

Gobal IME Bank

एजेन्सी । बलियो पासवर्ड र टु फ्याक्टर अथेन्टिफिकेसन राख्दैमा हाम्रो सोसल मिडिया, एप इत्यादि सुरक्षित छ भन्ने सोच्छौ तर तपाईंले आफूलाई सुरक्षित राख्न यो भन्दा धेरै कुराहरु गर्नुपर्ने हुन्छ । सामाजिक सञ्जालको सुरक्षा र बैंक अकाउन्ट नम्बर हाम्रो जीवनको महत्वपूर्ण नम्बर हुन् तर, हिजो आज ह्याकरले सानो मेहनत गरेकै भरमा मोबाइल नम्बरमार्फत सोसल मिडिया अकाउन्ट र बैक अकाउन्ट सम्म पुग्न सक्छ ।

हामी आफ्नो सोसल मिडियाको पासवर्ड र बैंक अकाउन्ट नम्बर इत्यादि जस्तो आफ्नो मोबाइल नम्बरलाई सुरक्षित राख्ने विषयमा भने खासै ध्यान दिँदैनौ । नेपाल टेलिकम, एनसेल, स्मार्ट टेलिकम जुनसुकै सेवा प्रदायकको मोबाइल नम्बर प्रयोग गरे पनि तपाईंको मोबाइल नम्बर ह्याकरले सहजै ह्याक गर्न सक्छ । हाम्रो पर्सनल अकाउन्ट सम्म पुग्न र हाम्रो प्राइभेसीमा कसैले फोन नम्बरको माध्यमबाट नै बाधा पुर्याउन सक्छ ।

कुनै साइटमा एपमा, सोसल मिडिया अकाउन्ट र मोबाइल वालेटमा लग इन गर्दा आफ्नो मोबाइल नम्बर प्रयोग भएको छ । हाम्रो मोबाइल नम्बर कुनै अकाउन्टको पासवर्ड बिर्सिएको खण्डमा पासवर्ड रिसेटका लागि निकै प्रयोग गरिएको हुन्छ । त्यतिमात्रै नभएर हामीले सुरक्षित लग इनको लागि टु फ्याक्टर अथेन्टिकेसनमा पनि आफ्नो मोबाइल नम्बर नै प्रयोग गरेको हुन्छौ । यस्तोमा यदि हाम्रो मोबाइल कसैले चोर्यो भने हाम्रो लागी जोखिमपुर्ण र खतरनाक हुन सक्छ । हाम्रो फोन नम्बरको मद्दतले ह्याकरले पासवर्ड रिसेट अप्सनको प्रयोग गरी एकपछि अर्को गर्दै हाम्रो अकाउन्ट ह्याक गर्न सक्छ।

मात्र फोन नम्बरको सहायताले ह्याकरले बैंकको अटोमेटेड सिस्टमको फाइदा उठाएर त्यहाँबाट थुप्रै जानकारी लिन सक्नेछ । ह्याकरले हाम्रो पर्सनल म्यासेज, पर्सनल ईमेल लगायतका डेटा सम्म पहुँच पाउन सक्छ ।

त्यसैले एकपटक सोच्नुस कि तपाईंको मोबाइल नम्बर कहाँ-कहाँ प्रयोग भएको छ । अनि अब सोच्नुस् तपाईंको मोबाइल सुरक्षित राख्न किन आवश्यक छ ।

हामीले सोचेको भन्दा यो धेरै नै सहज छ । मोबाइल नम्बर सजिलै प्राप्त गर्न सकिन्छ । कतिपय अवस्थामा डेटा ब्रिच भएको अवस्थामा डेटा पनि लिक भएको हुनसक्छ । ह्याकरले आफ्नो टार्गेटको नम्बर इन्टरनेटमार्फत नै पत्ता लगाउने गर्छ । उसले मोबाइल नम्बर पत्ता लगाएर टेलिफोन सेवा प्रदायकलाई तपाईं बनेर कल गर्छ । टेलिकम सेवा प्रदायकले सोधेका साधारण प्रश्नहरुको जवाफ दिएको भरमा ह्याकरले नम्बर आफ्नोमा परिणत गर्न सक्छ । नेपालको हकमा ह्याकरले कुनै नागरिकताको डिटेल मार्फत नै पनि दूरसञ्चार सेवा प्रदायकबाट सहजै हाम्रो नम्बरको सिम कार्ड लिन सक्छ । यति भएपछि ह्याकरले हाम्रो फोनबाट म्यासेज पठाउन, कल गर्न तथा विभिन्न अकाउन्टमा सहजै एक्सेस प्राप्त गर्नसक्छ ।

यदि तपाईंको सिम अचानक चल्न थालेलन भने तुरुन्तै उक्त मोबाइल नम्बरसँग लिंक भएका अकाउन्टहरुको पासवर्ड परिवर्तन गर्नुका साथै ति अकाउन्टहरु बाट उक्त नम्बरलाई पनि हटाउनु पर्छ । कतिपय अवस्थामा सिम कार्ड कहिलै पनि फिर्ता नपाउन सक्ने अवस्था पनि आउन सक्छ त्यसैलै यस्तो घटना हुन नदिनु महत्वपूर्ण हो अथवा पूर्व सावधानी अपनाउनु सबैभन्दा उत्तम उपाय हो ।

सिम कार्डलाई कसरी सुरक्षित राख्ने ?
फोन नम्बर सुरक्षित राख्नको लागी तपाईंले आफ्नो सामाजिक सञ्जाल सुरक्षित राख्न जसरी टु फ्याक्टर अथेन्टिकेशन राख्नु भएको छ, त्यसै गरी सिम कार्डलाई सुरक्षित राख्न सेकेण्डरी सेक्युरिटी कोड राख्न सक्नुहुन्छ ।

यसको लागि तपाईंले सेवा प्रदायकको ग्राहक सेवा केन्द्रमा कल गरेर अथवा अनलाइन मार्फत पनि यसलाई एक्टिभ गर्न सक्नुहुन्छ । सेवा केन्द्रमा कल गरेर सिम कार्ड अथवा अकाउन्टमा सेकण्डरी पासवर्ड राख्न आग्रह गर्न सकिन्छ ।

यसो गर्दा तपाईंको अनुपस्थितिमा तपाईंको सिम कार्ड कसैले झिक्ने अथवा परिवतर्न गर्ने जोखिम हुँदैन । यो सेवा हेरेक सेवा प्रदायकले उपलब्ध गराएको हुन्छ । तर, उनिहरुले दिने सेक्युरिटीको लेभल भने फरक फरक हुनसक्छ । यदि तपाईले प्रयोग गर्ने सिम कार्डको सेवा प्रदायकसँग यो सेवा छैन भने तपाईंले आफ्नो सुरक्षाको लागि जुन सेवा प्रदायकले यो सुविधा उपलब्ध गराइरहेका छन् उक्त सेवा प्रदायकको सिम कार्ड प्रयोग गर्नु सक्नु हुन्छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button