मनोरञ्जन

सलमानको फिल्ममा सुनील थापा

Gobal IME Bank

sunil thapa
सुनिल थापाले बलिउडमा सलमान खानको फ्लिममा मुखियाको भूमिका निर्वाह गर्दैछन । नेपाली फिल्म क्षेत्रका चर्चित अभिनेता सुनिल थापा खलनायकका रुपमा बर्सौसम्म राज गर्नुभएको एक कुशल अभिनेता हुनुहुन्छ । उनले केहि बलिउड फिल्ममा पनि काम गरिसकेका छन । पछिल्लो समय बलिउड फिल्म ‘मेरी कोम’ मा प्रियंका चोपडाको गुरु बन्नु भएका थिए । त्यस मुभीबाट अभिनेता सुनिल थापाले निकै प्रशंसाका साथै चर्चा पनि कमाए र लामो समयसम्म उनी त्यहि गेटअपमा देखिरहे ।
आफ्नो फिल्म करियर बलुउड फिल्मबाटै सुरुवात गर्नु भएका ६४ बर्षीय अभिनेता सुनिल थापा फेरि पनि बलिवुड मुभी ‘क्वाथा’ मा काम गर्ने निश्चित भएको छ । उक्त फिल्म सलमान खान प्रोडक्सनबाट निर्मित हुने भएको छ । सो फिल्ममा काम गर्नको लागि आफु निकै उत्साहित भएको पनि उनले बताएका छन । अर्कोसाता वीरगन्जमा हुने ‘स्वर्णिम नेपाल फिल्म महोत्सव’ को सन्दर्भमा वीरगन्ज आइपुगेका थापाले आफू छिट्टै ‘क्वाथा’मा देखिने बताएका हुन ।

फिल्ममा अभिनेत्री क्याटरिना क्याफकी बहिनी इसाबेल क्याफले डेब्यु गर्ने भएकाले उक्त मुभी दर्शककालागि बहु प्रतिक्षित छ । इसाबेल क्याफको साथमा आयुष शर्माको मुख्य भूमिका रहनेछ । भारतको मणिपुर राज्यको कथालाइ समेट्न लागेको ‘क्वाथा’ मा अभिनेता सुनिल थापा त्यहाँको मुखियाको भूमिकामा रहने छन् ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button