मनोरञ्जन

‘सेल्फी किङ’ टिजर सार्वजनिक

Gobal IME Bank

SELFIE-KING-Nepali-Movieचलचित्र ‘सेल्फी किङ’ माघ २४ गते प्रदर्शन हुने तय भइसकेको छ । फिल्मको रिलिज डेटसँगै सेल्फी किङ’ को अफिसियल टिजर पनि सार्वजनिक गरिएको छ। सार्वजनिक टिजरमा अभिनेता विपिन कार्की ‘फिचर्ड’ छन । ‘सेल्फी किङ’ले कलाकारले कला यात्राको दौरान पाएको सफलता र व्यक्तिगत जीवन बीचमा सन्तुलन नमिल्दा कलाकारले भोग्नु पर्ने व्यथालाई देखाउन खोजेको प्रस्ट बुझिन्छ । १ मिनेट २ सेकेण्ड लामो टिजरमा अभिनेता विपिनलाइ मात्र देखाइएको छ । टिजरमा देखाइए अनुसार एक सफल कलाकारमा सेलिब्रेटी हुनुको घमण्ड बढेपछि हुने बर्बादी लाइ देखाउन खोजिएको छ ।

 यो फिल्ममा विपिनका अलवा लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणि सापकोटा, सविन बाँस्तोला, जीवन भट्टराई, कमल देवकोटालगायतका कलाकारको अभिनय देख्न पाइने छ । दिनेश राउत र सुवास थापाले निर्माण गरेको फिल्म सेल्फी किङ्ग मा अभिनेत्री केकी अधिकारीको आइटम नृत्य पनि देख्न सकिनेछ । सुसन प्रजापतिको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुषालको संगीत, निर्मल लामाको कोरियोग्राफी, र उत्तम न्यौपानेको साउण्ड डिजाइन रहेको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button