Grace Computer Jawalakhel
समाचारसूचना प्रविधि

यात्रामा हुँदा गुगल अफलाइन म्याप सहयात्री !

एजेन्सी । तपाई इन्टरनेट सेवा नभएको ठाउँमा यात्रा गर्ने योजना बनाउँदै हुनुहुन्छ भने, गुगल म्यापमा अफलाइन म्याप डाउनलोड गर्न सक्नुहुन्छ ।

गुगल म्याप अफलाइन कसरी प्रयोग गर्ने ?
कुनै यात्रामा जानु भन्दा अगाडी गुगल म्याप डाउनलोड गर्दा पछि अफलाइन हुँदा डिरेक्सन सहित प्रयोग गर्न सकिन्छ । यसको लागि गुगल म्यापलाई पूर्ण रूपमा डाउनलोड गर्न पर्दैन । यात्रा अघि, आफू जाने ठाँउको म्याप छनोट गरी डाउनलोड गर्न सकिन्छ ।

अफलाइनमा प्रयोग गर्नको लागि गुगल म्याप डाउनलोड गर्न आफ्नो आईओएस वा एन्ड्रोइडमा गुगल म्याप एप खोल्ने त्यसपछि स्क्रिनको सबैभन्दा माथी दायाँपट्टि रहेको आफ्नो प्रोफाइलमा ट्याप गर्ने। यसपछि अफलाइन म्याप लेखिएको अप्सनमा क्लिक गर्ने र आफ्नो नक्सा चयन गर्ने ।

आफुले डाउनलोड गर्न चाहेको नक्सालाई रेक्ट्यागुलरको सीमाभित्र आफ्नो औंलाहरूको प्रयोग गरेर राख्ने र नक्सामा आफ्नो लोकेसन सार्नलाई एउटा मात्र औँलाको प्रयोग गरी जुम इन र जुम आउट गर्न सकिन्छ ।
यसरी आफ्नो लोकेसन छनोट गरी डाउनलोडमा ट्याप गर्दा म्यापको मुख्य पेजमा पुगिन्छ ।

यात्राको क्रममा म्याप खोल्ने बित्तिकै आफ्नो लोकेसन पाउन सकिन्छ ।

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
chinese language institute in lalitpur nepal
bless

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button