अन्यसमाचार

२ करोड ६८ लाख ४४ हजारको लागतमा सरकारी वकिल कार्यालयको नयाँ भवन -GoodNews24

Gobal IME Bank

झिमरुक । सरकारी वकिल कार्यालय प्युठानको नवनिर्मित भवनको महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले आज उद्घाटन गर्नुभएको छ । उहाँले देशभरका ४० भवन बनेको र केही भवन निर्माणका लागि शिलान्याससमेत गरिएको बताउनुभयो । तीन वर्षमा देशका ९७ भवन निर्माण गर्ने र पीडितमैत्रीसहितको कार्य सम्पादन गर्नुपर्ने महान्यायाधिवक्ता खरेलले बताउनुभयो ।

समुदायमा सरकारी वकिल कार्यालय सञ्चालन भएको र यसका काम के कसरी हुन्छ भन्ने विषयमा समुदायका नागरिकलाई जानकारी दिनुपर्ने खरेलले बताउनुभयो ।

भवन निर्माण गर्न २०७४ साल असार १९ गते सम्झौता भएको थियो । दुई पटक म्याद थप भई २०७६ पुस १० गते निमार्णकार्य सम्पन्न भएको जिल्ला सरकारी वकिल कार्यालय प्युठानका जिल्ला न्यायाधिवक्ता शिवप्रसाद आचार्यले बताउनुभयो । भ्याटबाहेक दुई करोड ६८ लाख ४४ हजारको लागतमा १५ कोठाको भवन निर्माण कार्य सम्पन्न भएको उहाँले बताउनुभयो । आशु इसान जेभी निर्माण कम्पनीले भवन निर्माणको काम गरेको थियो ।

यो पनि पढ्नुहोस् ..
[irp posts=”3415″] [irp posts=”2573″] [irp posts=”4224″] [irp posts=”2714″] [irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”3875″] [irp posts=”3930″] [irp posts=”2617″] [irp posts=”4080″] [irp posts=”4103″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button