शिक्षा स्वास्थसमाचार

यसकारण छिटो खुइलिन्छ पुरुषको तालु

Hairfall

Gobal IME Bank

धूम्रपान
धूम्रपान गर्ने पुरुषहरुलाई चुरोटमा हुने निकोटिनको कारण रक्तनलीहरु खुम्चिन थाल्छ । यसको कारणले गर्दा शरीरमा अक्सिजनको मात्रा समेत घटाउछ । यसले गर्दा कपाल झर्ने समस्या हुन थाल्छ ।

अत्यधिक रक्सी सेवन
रक्सी सेवन गर्ने मानिसको शरीरमा टक्सीनको मात्रा धेरै हुन्छ । मद्यपान सेवन गर्ने मानिसको शरीरमा आइरन, जिंक पानीको मात्रा पनि कम हुन्छ । यस्तो अवस्थामा कपाल झर्न थाल्छ ।

वंशाणुगत कारण
पुरुषहरुको कपाल झर्नुको अर्को कारण बंशाणुगत कारण पनि भएको मानिन्छ । यदि तपाईको परिवारमा कम उमेरमा पुरुषहरुको कपाल झर्ने समस्या छ भने यस्तो समस्या वंशाणुगत कारण पनि हुनसक्छ ।

हर्मोन समस्या
पुरुषहरुको कपाल झर्नेको अर्को कारण एन्ट्रोजेनिक एलोपिका हो । शरीरमा डीएचटी हर्मोनको व्यालेन्स बिग्रदा यस्तो किसिमको समस्या हुन्छ ।

रसायनयुक्त पदार्थको प्रयोग
विभिन्न किसिमका हेयर जेल, कलर्स , शैम्फू, कन्डिशनर जस्ता प्रडक्टको प्रयोग गर्दा हुने साइड इफेक्टको कारण पनि कपाल झर्न थाल्छ । यस्ता प्रडक्टहरुमा विभिन्न केमिकलहरु मिश्रित हुन्छ त्यसैले यसकारण पनि कपाल झर्ने समस्या हुन थाल्छ ।

तनाव
तनाव बढ्दा पनि पुरुषहरुको कपाल झर्नसक्छ । तनाव बढदा शरीरको हर्मोन्सको व्यालेन्स विग्रन्छ । यसले कपाल भर्नेको समस्या उत्पन्न हुन सक्छ ।

अस्वस्थ खानपान
पुरुषहरुको छिटो कपाल खुइलिनुको अर्को कारण अस्वस्थकर खानपान हो । खानामा सही मात्रामा पोषण नपुग्दा शरीरमा आइरन, भिटामिन ए, प्रोटिन, जिंक, क्याल्सियम जस्ता पौष्टिक तत्वको कमी हुन्छ, यसले गर्दा कपाल झार्न मद्धत गर्छ ।

छालामा संक्रमण
टाउकोमा फंगल इन्फेक्सन अथवा चायाँ पर्ने समस्या भयो भने पनि त्यसले तिब्रगतिमा कपाल झार्न सक्छ ।

औषधिको असर
क्यान्सर , मुटु, उच्चरक्तचाप, डिप्रेशन, मधुमेह जस्ता रोगको औषधि सेवन गर्ने कतिपयलाई औषधिको असर देखिन्छ र कपाल झर्न थाल्छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button