Grace Computer Jawalakhel
गुड न्यूज 24मुख्य समाचारसमाचार

विधार्थीहरुको पुकार सुने मेयर हर्क साम्पाङले, घोपा क्याम्पलाई पठायो २९ लाख लिटर पानी

काठमाडौं । त्यसो त धराने जनताका मेयर हर्क साम्पाङ भन्दा फरक नपर्ला । धरान उपमहानगरपालिकामा मेयरका रुपमा आफु निर्वाचित भएर आएपछि मेयर हर्क साम्पाङले धराने जनताको पानीको दुखलाई भने हटाउने दृढ अठोट नै लिएका छन् ।

यस्तैमा मेयर साम्पाङले फोरि अर्को सराहनिय काम गरेका हुन् । विधार्थीहरु पठनपाठनबाट बन्चित हुनुहुँदैन भन्ने मनसायका साथ मेयर साम्पाङले यो काम गरेका छन् ।

घोपा क्याम्पले विद्यार्थीहरुलाई पानीको समस्याका कारण बिदा दिएको भन्ने खबर पाएपछि धरान उपमहानगरपालिकाका मेयर साम्पाङले क्याम्पलाई २९ लाख लिटर पानी पठाएका छन् ।

त्यसो त महानगरपालिकाबाट घोपा क्याम्पलाई १५ लाख लिटर दिँदै आएको थियो । तर विद्यार्थीहरुबाट पानीको गुनासो आएपछि मेयर साम्पाङले हिजै १५ लाख लिटर पानी चाहिने ठाउँमा २९ लाख लिटर पठाएको बताएका हुन् ।

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
chinese language institute in lalitpur nepal
Oppazz

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button