मुख्य समाचारशिक्षा स्वास्थसमाचार

हात्तीपाइले रोगविरुद्धको औषधी सेवन नगरे के हुन्छ ?

Gobal IME Bank

काठमाडौं । फागुन ११ गतेदेखि २५ गतेसम्म रोग प्रभावित १५ जिल्लाहरूमा सरकारले हात्तीपाइले रोगविरुद्धको औषधि सेवन अभियान सञ्चालन गर्दै छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको जानकारी अनुसार हात्तीपाइले विरुद्धको औषधि सबैले सेवन गर्न हुँदैन । यसबारे मन्त्रालयले जानकारी गराएको छ ।

२ वर्ष उमेर पुरा भएको सबैले यो औषधीको सेवन गर्नुपर्छ । दुई वर्ष नपुगेका बालबालिका, गर्भवती महिला र ७ दिनको सुत्केरी र सिकिस्त बिरामीले हात्तीपाइलेको औषधि खानुहुँदैन ।

हात्तीपाइलेविरुद्धको औषधि सेवन नगरे के हुन्छ ?

हात्तीपाइले रोग लामखुट्टेको टोकाइको माध्यमबाट लाग्ने गर्छ । यो रोगको लक्षण खुट्टा सुनिने, पुरुषहरूमा अण्डकोष सुनिने र महिलाहरूको स्तन सुनिने इत्यादि हुन् । शरीरमा हात्तीपाइलेको परजीवी छ भने औषधि खाएपछि मर्छ । यस्तै हात्तीपाइलेका कारण शारीरिक अपाङ्गता हुनबाट जोगाउने मन्त्रालयको लक्ष्य रहेको मन्त्रालयले जानकारी दिएको छ ।

हात्तीपाइले रोग विरुद्धको औषधि सुरक्षित र प्रभावकारी भएको र यो औषधि निःशुल्क पाइने जानकारी मन्त्रालयले दिएको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button