शिक्षा स्वास्थसमाचार

‘नर्मल डेलिभरी’ चाहानुहुन्छ भने ध्यान दिनुहोस् यी पाँच कुरामा

Gobal IME Bank

एजेन्सी । गर्भवती हुनु आमा बन्नु एक महिलाको लागि महत्वपुर्ण र सौभाग्यको कुरा हो । यो प्रक्रिया जति रोमाञ्चकारी हुन्छ कहिलेकाँहि त्यो भन्दा धेरै जटिल पनि बन्छ । नौ महिनाको गर्भवस्थाको समय हरेक महिलाको लागि ज्यादै कष्टदायी हुन्छ तर यसपछि प्राप्त हुने सन्तान लाभले आमाहरु ति सबै एक क्षणमा नै बिर्सिन्छन् ।

पछिल्लो समय अस्पताल पुर्याएका अधिकांश महिलाहरु सामान्य सुत्केरी हुनुको सट्टा अप्रेसन गरी सुत्केरी (सिजेरियन सेक्सन) हुने गरेको पाइन्छ । प्राकृतिक रुपमा हुनुपर्ने साधारण सुत्केरीलाई अप्रेसन गरी सम्पन्न गर्नुपर्ने अवस्था आउनुलाई चिकित्सकहरुले गर्भावस्तामा अपनाउनुपर्ने मुख्य कारण जीवनशैलीको कमी हो भनेर समेत भन्ने गरेका छन् । त्यसकारण प्राकृतिक रुपले सुत्केरी हुन गर्भवतीका लागि केही सुझावहरु छन् ।

१. तनाबबाट टाढा रहनुहोस्

तनाब गर्भवती महिलाका लागि राम्रो होइन् । किनकी यसले चिन्तित बनाउदैन र गर्भवती अवस्थालाई जटिल बनाउने गर्छ । खासगरी तनावले गर्भवती महिलाको मात्रै नभई पेटमा हुर्कदै गरेको बच्चाको स्वास्थ्यमा समेत असर गर्छ । त्यसैले यति गर्भवती हुनुहुन्छ र तनाव महसुस भइरहेको छ भने तत्काल चिकित्सकको परामर्स लिनु फाइदाजनक हुनेछ ।

२. नियमित रुपले व्यायम गर्नुहोस्

गर्भवती अवस्थामा महिलालाई आराम एकदमै जरुरी छ भनेर भन्ने गरिन्छ तर त्यससँगै थोरै थोरै कसरतको पनि उत्तिकै आवश्यकता हुन्छ। कसरतले गर्भवती महिलालाई चुस्त बनाउछ भने दुखाई सहने क्षमता समेत बढाउछ । कसरतले जाँघको मासंपेशी मजबुत बनाउछ जो सुत्केरी हुने बेलामा पिडासँग लड्न मद्धत गर्छ । गर्भवस्थामा गरिने कसरतले स्वास्थ्यमा सुधार ल्याउन मद्दत गर्छ । तर कसरत गर्दा व्यायाम प्रशिक्षकको सल्लाह लिनु पर्छ । कहिलेकाही गर्भावस्तामा गरिने सामान्य गल्तीले ज्यान खतरामा पर्न सक्छ ।

३. खानपानमा ध्यान दिनुहोस

सामान्य रुपमा सहज सुत्केरी हुनका लागि गर्भअवस्थाको बेलाको खानपानमा पनि निर्भर हुन्छ । गर्भावस्थाका बेला कतिपय महिलाहरु कमजोर हुन्छन् । त्यसका लागि चिकित्सकले आवश्यक औषधि पनि दिन्छन् । यदि सामान्य रुपमा सुत्केरी हुन चाहनुहुन्छ भने समयमै खाने र सही आहार खाने गर्नुपर्छ । खानामा हरियो सागसव्जी अण्डा दूध, फलफुल माछा मासु खानु राम्रो हुन्छ । साथै आवश्यक मात्रामा पानी पिउनु राम्रो हुन्छ ।

४. प्रशस्त पानी पिउनुहोस्

पानीले शरीरमा उर्जाको लागि मात्रै होइनसामान्य सुत्केरी बनाउन पनि मद्धत गर्छ । गर्भअवस्थाको बेलामा जति सकिन्छ पानी पिउनु राम्रो हुन्छ । नुहाउनका लागि तातो पानी प्रयोग गर्न राम्रो हुन्छ । तातो पानीले गर्भअवस्थाका बेला हुने दुखाईबाट लड्नसक्ने शक्ति दिन्छ ।

५. धूमपान मध्यपानको सेवन नगर्नुहोस्

धुम्रपान र मद्यपानले गर्भवती महिला र पेटमा हुर्कदै गरेको शिशुको स्वास्थ्यमा असर गर्छ । यसले रगतमा हुने आइरनको नास गरिदिन्छ । आइरनको कमीले गर्दा कतिपय अवस्थामा गर्भवती महिलाहरु शारीरिक रुपमा कमजोर हुन सक्छन भने यसको असर बच्चाको विकास तथा उसको तौलमा समेत पर्नसक्छ र यी सबैको असरका कारण सामान्य सुत्केरी हुन कठिनाई हुन्छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button