समाचार

कुल संक्रमित निको हुनेको संख्या २८ हजार ९४१ पुग्यो-GoodNews24

Gobal IME Bank

काठमाडौं । यस्तै पछिल्लो २४ घण्टामा १ हजार ८१४ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् भने हालसम्म निको हुनेको कुल संख्या २८ हजार ९४१ पुगेको छ। आइतबार देशभर महिला २९० र पुरुष ६९० गरी ९८० जनामा संक्रमण पुष्टि भएसँगै हालसम्म कोरोना भाइरस संक्रमितको संख्या ४६ हजार २५७ पुगेको छ। आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौं उपत्यकामा ३५४ जना सहित देशभर ९८० जना संक्रमित थपिएको र यससँगै संक्रमितको कुल संख्या ४६ हजार २५७ पुगेको जानकारी दिनु भएको हो । गौतमका अनुसार देशभर सक्रिय संक्रमितको संख्या १७ हजार २७ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ९ हजार २०१ र होम आइसोलेशनमा ७ हजार ८२६ जना रहेका छन् । यस्तै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २८९ पुगेको छ ।

यो पनि पढ्नुहोस् ..
[irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”3549″] [irp posts=”3554″] [irp posts=”3544″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button