गुड न्यूज 24मुख्य समाचारसमाचार

रगतलाई सफा गर्ने यी खानाहरु…

Gobal IME Bank

एजेन्सी । ब्लड प्रेसर लो हुनु आजको समयमा साधारण समस्या नै बनिसकेको छ । मानव शरिरमा हरेक दिन लाखौँ रक्त कोशिकाहरू उत्पादन हुन्छन् । शरिरमा ब्लड काउन्ट कम हुन थालेपछि थकान महसुस हुन्छ । स्वस्थ र फिट रहनको लागि हाम्रो शरिरको रगत सफा र हेल्दी हुन आवश्यक छ ।

हाम्रो रगत सफा हुनको लागि हाम्रो लाइफस्टाइल र खानामा ध्यान दिनु आवश्यक हुन्छ । हेल्थ एक्सपर्टहरुले दिएको जानकारी अनुसार डाइटमा आइरन, भिटामिन र अरु पोषक तत्वहरु सामेल गरेर खाना खाँदा हाम्रो शरिरमा रातो रक्त कोशिकाहरको उत्पादन ज्यादा मात्रामा हुने गर्छ र हाम्रो शरीरमा राम्रो सँग रगत फ्लो हुन पाँउछ ।

१. हरियो सागपात
हरियो साग सब्जीहरु जस्तै ब्रोकाउली, पालुङ्गो जस्ता हरियो तरकारीमा धेरै किसिमको पोषक तत्वहरु पाइन्छ । यी तरकारीहरुले शरिरमा रगत उत्पादन वृद्दिका साथ साथै रगतलाई स्वस्थ पनि राख्ने काम गर्छ ।

२. टमाटर
टमाटरमा भिटामिन सि को साथ साथै आइरन पनि पाइन्छ । जसले शरीरमा ब्लड फ्लोलाई सुधार्ने काम गर्छ । रगत सफा र ब्लड सर्कुलेसनलाई बढाउनको लागि भिटामिन सि र आइरन मिलेर राम्रो सँग काम गर्ने गर्छ ।

३. लसुन
लसुनमा पाइने एलिसिन नामक प्रपर्टि सल्फर समावेश भएको यौगिक हो जुन काँचो लसुनलाई पिसे पछि बन्छ । लसुनले रगतलाई डिटक्सीफाई गर्ने काम गर्छ । लसुनमा एन्टिमाइक्रोबायल पनि प्रपर्टि पाइन्छ यसले रगत सफा र आन्द्रमा भएको ब्याक्टेरिया र भाइरसबाट पनि मुक्त गर्ने काम गर्छ । काँचो लसुनलाई मसिनो गरी काटेर वा पिसेर खानामा मिसाएर खाँदा फाइदाजनक हुन्छ ।

४. बिटरुट
बिटरुटमा पाइने एन्टि क्लिन्जिङ एजेन्टले कलेजोलाई स्वस्थ राख्नुका साथै रगतलाई डिटक्स गर्ने काम गर्छ । ‘द जर्नल अफ न्युट्रिसियन’ ले बिटरुटमा कलेजोको सुरक्षा गर्ने प्रोपर्टि पाइने बताएको छ । आफ्नो डाइटमा बिटरुटलाई समावेश गरेर खाँदा रगत र कलेजो डिटक्सीफाई हुनुका साथै हाम्रो शरीरले पोषक तत्व पनि प्राप्त गर्छ ।

५. धनियाँ
धनियाँमा पाइने सल्फर यौगिक र क्लोरोफाइलले रगतलाई सफा गर्ने काम गर्छ ।

६. बेसार
बेसारमा करक्युमिन नामक एक्टिभ यौगिक पाइन्छ जसमा डिटक्सीफाईङ प्रोपर्टि हुन्छ । ‘द हर्बल मेडिसिन बुक’ मा बेसारमा पाइने करक्युमिन एक प्राकृतिक एन्टिअक्सिडेन्ट हो जसले हाम्रो शरीरमा भएको इन्जाइमहरुलाई डिटक्सिफाई गर्ने काम गर्छ र रगतलाई पनि सफा गर्ने काम गर्छ ।

७. पानी
पानी हाम्रो जीवनको आधारभुत तत्व हो । हाम्रो शरीरलाई हाइड्रेटेड र टक्सिन फ्रि राख्दा शरीर स्वस्थ हुन्छ । पानीले हाम्रो शरीरको रगतको पिएच लेबललाई मेनटेन गर्ने काम गर्छ । प्रसस्त मात्रामा पानि पिउँदा मृगौलालाई पनि सफा राख्नको लागि मद्दत गर्छ । दिनमा ८ देखि १० ग्लास पानी पिउँदा हाम्रो शरीरको लागि लाभदायक हुन्छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button