मुख्य समाचारशिक्षा स्वास्थसमाचार

ट्राफिक प्रहरी माथि अभद्र व्यवाहार गर्नु कतिको स्वभाविक हो ?

Traffic Police!

Gobal IME Bank
सडक यातायातसँग जीवन र संस्कृति पनि जोडिएको छ । भनिन्छ, देशको अवस्था कस्तो छ भन्नको लागि त्यहाँको सडक मार्ग कस्तो छ भनेर अवलोकन गर्ने बित्तिकै थाह हुन्छ । देशको अवस्था प्रत्यक्षरुपमा सडक मार्गसँग जोडिएको हुन्छ । हरेक देशमा नियम कानून हुन्छ र त्यसको संरक्षण र सुरक्षा दिनका लागि विभिन्न कर्मचारी खटाइएको हुन्छ।  नेपालमा पनि सडक यातायातलाई सुरक्षा र चेकजाँच गर्नका लागि ट्राफिक प्रहरी परिचालन गरिएको हुन्छ । सडकमा सवार गर्ने यातायातका साधनदेखि यात्रु महानुभावलाई सचेत, सजग तथा एक जिम्मेवार नागरिक बनाउनको लागि र पैदलयात्रुको जीवन रक्षा वा दुर्घटना कम गर्नका लागि ट्राफिक प्रहरी जाडो, गर्मी र वर्षामा पनि खटिई रहेका हुन्छन् ।

विश्वभरि नै प्रत्येक दिन हजारौँ मानिसले विभिन्न किसिमको दुर्घटनामा परेर आफ्नो ज्यान गुमाइराखेका हुन्छन् । विश्वभरि नै सवारी दुर्घटना सामान्यजस्तै भइसक्यो । त्यसमा पनि अझै हाम्रो जस्तो विकासोन्मुख देशमा त झन् प्रत्येक दिन मानिसहरूले सवारी दुर्घटनामा परेर अकालमा आफ्नो ज्यान गुमाइराखेको हामीले प्रत्यक्ष तथा विभिन्न सामाजिक सञ्जाल र सूचनाका स्रोतहरूमार्फत देख्न र सुन्न सक्छौं ।

मानिसहरूलाई ट्राफिक नियमको पालना गर्ने क्रममा एकछिन जाममा बस्नुपर्दा पनि हतार भएर आफ्नो लेन छाडेर अन्यत्र जाने गर्छन् र कतिपय मानिसले सवारी साधनको कागजपत्र नबोकी हिँड्नाले चेकजाँच गर्ने क्रममा केही दस्तुर तिर्नुपर्छ भन्ने डरले ट्राफिक नियम पालना नगरी भाग्नाले, कतिपय चालकले मादक पदार्थको सेवन गरेर सवारी चलाउनाले पनि कतिपय ठाउँमा दुर्घटना भएको देख्न सकिन्छ ।

आखिर सबैले सरकारले बनाइदिएको नियमको पालना गरेदेखि यस्तो अवस्था खेप्न कसैले पनि पर्दैनथ्यो । ट्राफिक प्रहरीको पनि रहर हैन, बीच बाटोमा धूलो खाएर उभिने, उनीहरू पनि आफ्नो जिम्मेवारी निर्वाह गर्नका लागि त्यहाँ हरक्षण तत्पर भएर बसेका हुन्छन् । सर्वसाधारणलाई सजिलो होस् भन्ने हेतुले मुख्य मुख्य चोकहरूमा समेत ट्राफिक प्रहरी या प्रहरीहरू खटाउने गरिएको छ । जसले गर्दा दुर्घटना कम हुनुका साथै सवारी साधन चलाउन र जाम समेत कम हुने गरेको छ ।

ट्राफिक नियम पालना नगर्ने व्यवहारका कारणले गर्दा ट्राफिक प्रहरीले कारवार्ही गर्ने गर्छन् । यसरी चालक र सर्वसाधारणलाई कन्ट्रोल गर्ने क्रममा कहिलेकाँही टफिकले पनि रुखो व्यवहार देखाउने गर्छन् तर यस्तो समयमा ट्राफिक प्रहरी माथि अभद्र व्यवाहार गर्नु कतिको स्वभाविक हो ? धैर्य धारण गर्ने क्षमता कसैमा छैन तर हाम्रै सुरक्षाका लागि खटिएका ट्राफिक प्रहरी माथि अमानविय व्यवहार हामी मानव भएर नगरौ । उनीहरुको सम्मान गर्न सिकौँ र ट्राफिक नियमको पालना गरौँ ।-Rabina Mangrati

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button