अन्यशिक्षा स्वास्थसमाचार

हामीले खाने कुखुराको अण्डा कत्तीको गुणस्तरिय छ ? यसरी थाहा पाउनुहोस् अण्डाको क्वालिटी

Gobal IME Bank

काठमाडौं । अण्डा प्राय सबै जनालाई मन पर्छ । मांशाहारीले त खाने नै भए केही शाकाहारी मानिसहरुले पनि अण्डा खाने गर्छन् । अण्डा उसिनेर, फ्राई गरेर वा पोच्ड एग बनाएर जसरी खाँदा पनि मिठो नै हुन्छ । तर अण्डा मिठो र स्वादिलो हुनको लागि भने सो अण्डा स्वस्थ कुखुराबाट आएको हुनु पर्छ ।

अण्डा स्वस्थ कुखुराबाट आएको हो कि होइन कसरी थाहा पाउने ?
कुखुरा स्वस्थ छ वा छैन भनेर कसरी थाहा हुन्छ ? स्वस्थ कुखुराले हरेक दिन भेराइटिको खानाहरु खाएको हुन्छ । कुखुराले मासु, किरा र मुसाहरु पनि खाने गर्छ । राम्रो पोषक तत्वहरु अण्डामा कुखुराले खाएको खानेकुराबाट जाने गर्छ । राम्रो पोषक तत्वहरु कुखुराले पाउनको लागि कुखुरालाई खुल्ला रुपमा सफा हावामा छोडिदिने गर्नु पर्छ ।

कुखुराहरुलाई सानो खोरमा राखेर पाल्ने गर्दा कुखुराले भिटामिन र मिनरल्जहरु पउँदैन र उनिहरुको अण्डा स्वस्थ नहुन सक्छ । खुल्ला र सफा हावामा हुर्किने कुखुराको अण्डा जस्तो अण्डा खोरमा हुर्केको कुखुराको हुँदैन ।
अण्डाको क्वालिटि कसरी हेर्ने ?

  • अण्डाको बोक्राको घनत्व र कडापन हेर्ने
    स्वस्थ कुखुराले कडा किसिमको बोक्र भएको अण्डाको उत्पादन गर्छ र स्वस्थ अण्डा फुटाउनको लागि अलि गाह्रो हुन्छ । यदि तपाईले याद गर्नु भयो भने र अण्डाको बोक्रा सजिलै फुट्यो भने अण्डाको क्वालिटि राम्रो होइन भन्ने कुरा बुझ्नु पर्छ ।
  • अण्डाको पहेँलो भागको रङ्ग
    अण्डाको पहेँलो भाग जसलाई एग योल्क भनिन्छ । लाइट वा उज्यालो पहेँलो रङ्ग भएको एग योल्कलाई स्वस्थ र राम्रो मानिदैन । प्राय मानिसहरुले यस्तै अण्डा खाई रहेको हुन्छन् तर स्वस्थ अण्डाको पहेँलो भाग ओरेन्ज रङ्गको हुन्छ ।
  • अण्डाको पहेँलो भागको बाक्लोपन
    अण्डाको पहेँलो भागको आकार र बाक्लोपनले पनि अण्डाको क्वालिटि पत्ता लगाउन सकिन्छ । स्वस्थ अण्डाको पहेँलो भागको आकार गोलो हुन्छ र यो भाग बाक्लो पनि हुन्छ ।
    रिसर्चरहरुको रिपोर्ट अनुसार स्वस्थ अण्डा स्वस्थ पोषक तत्वबाट उत्पादन गर्न सकिन्छ । उदाहरणको लागि कुखुरालाई बढाएर बिटा क्यारोटिन खुवाएर अण्डामा बिटा क्यारोटिन मात्रा बढाउन सकिन्छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button