शिक्षा स्वास्थसमाचार

यी खानेकुराहरुले गर्छ बच्चाहरुको हाइट बढाउन मद्दत…

Gobal IME Bank

काठमाडौँ । जीनको कारण ८० प्रतिशत हाम्रो उचाई निर्धारण हुन्छ भने हाम्रो जीवन शैली र खानपिनले पनि हाम्रो हाइट बढ्नमा मद्दत मिल्छ । उचित पोषक तत्व बच्चाहरुले प्राप्त गरे भने उनीहरुको हाइट बढ्न मद्दत मिल्छ । हाइट परिमार्जन गर्न नसक्ने कुरा हो । बच्चाहरुको हाइट उनीहरुको बुवा र आमाको हाइटमा भर पर्छ । तर बच्चाहरुको हाइट उनीहरुलाई स्वस्थ र ब्यालेन्स्ड खाना खुवाएर पनि प्राकृतिक रुपमा बढाउन सकिन्छ ।

बच्चाहरुको हाइट बढाउने खानाहरु
१) अण्डा
अण्डा प्रोटिन, रिबो फ्लेबिन, बायोटिन र आइरन पाइने स्रोत हो । प्रोटिनले हाम्रो शरीरको सेल्सहरुलाई बढ्न र विकास हुन मद्दत गर्छ । एक रिसर्चमा कुपोषित बच्चाहरुलाई हाई प्रोटिन भएको खाना खुवाउदा उनीहरुको हाइट वृदि भएको पाइएको थियोे । अण्डाको सेतो भाग प्रोटिनको स्रोत हो । बच्चाहरुलाई ब्रेकफास्टमा अण्डा उसिनेर वा अमलेट बनाएर खुवाउँदा उनीहरुको लागी लाभदायक हुन्छ ।

२) दुध वा दुधबाट बनेको परिकार
दुधमा क्यालसियम र प्रोटिन पाइन्छ । यी पोषक तत्वहरुले हड्डीको घनत्व बढाउनुका साथै हाइट बढाउने पनि काम गर्छ । दुधबाट बनेको परिकार जस्तै चिज , दहीहरुमा क्याल्सियम र भिटामिनहरु पाइन्छ । यी तत्वहरु बच्चाहरुको बोन मिनरलाइजेसनको लागी महत्वपुर्ण हुन्छ । त्यसैले बच्चाहरुलाई दुध पिलाउने वा दुधबाट बनेको परिकारहरु खुवाउँदा उनीहरुको लागी लाभदायक हुन्छ ।

३)सोयाबिन
सोयाबिनमा प्रशस्त मात्रामा प्रोटिन पाइन्छ । यसमा पाइने भिटामिनले बच्चाहरुको इष्टतम हड्डीको स्वास्थ्यमा सुधार ल्याँउछ ।

४) चिकेन
कुखुराको मासुमा प्रोटिन, भिटामिन बि, थायमिन, भिटामिन बि सिक्स, प्यान्टोथेनिक एसिड पाइन्छ । बच्चाहरुको शारीरीक विकासको बारेमा गरिएको स्टडीबाट पत्ता लागेको छ कि बच्चाहरुको शारीरीक विकासको लागी प्रोटिन पाइने मासुहरु प्रशस्त मात्रामा खुवाउनु पर्छ ।

५) हरियो तरकारी
हरियो तरकारीहरुले बच्चाहरुलाई बलियो मात्र होइन उनीहरुको शरीरमा क्याल्सियम प्रदान गर्छ । बन्दागोभि, ब्रोकाउली र केल इत्यादिले हड्डी अवशोषणलाई ब्यालेन्स गर्छ ।

६) गाजर
गाजरमा बेटा क्यारोटिन प्रशस्त मात्रामा पाइन्छ जसलाई हाम्रो शरीरले भिटामिन ए मा परिणत गर्छ । गाजर काँचै खादा क्याल्सियम राम्रो सँग अब्जर्भ गर्छ जसले गर्दा हड्डी स्वस्थ हुन्छ । बच्चाहरुलाई गाजर सलादको रुपमा खान दिने अथवा गाजरको जुस बनाएर पिउन दिदाँ फाइदाजनक हुन्छ ।

७) फलफुल
फलफुलमा मिनरल्स र आवश्यक माइक्रो पोषक तत्वहरु पाइन्छ । यी तत्वहरुले इम्युनिटि बुस्ट गर्छ ।

८) अन्न
अन्नमा धेरै पोषक तत्वहरु जस्तै भिटामिन बि, म्यागनेसियम, सेलेनियम, जिंक, आइरन र क्याल्सियम पाइन्छ । यी सबै पोषक तत्वहरुले हड्डीको विकास र मिनरलाइजेसनको लागी आवश्यक हुन्छन् । आफ्ना नानी बाबुहरुलाई अन्नबाट बनेको परिकार खुवाउँदा उनीहरुको लागि फाइदाजनक हुन्छ ।

९) मिक्स नट
नटहरुमा पोषक तत्वहरु प्रशस्त मात्रामा पाइन्छ र यसमा मिनरल्स, भिटामिन, हेल्थी फ्याट र प्रोटिन पनि प्रशस्त मात्रामा पाइन्छ । नटहरुमा पाइने ओमेगा थ्रि एसिड हड्डीको लागी निकै फाइदाजनक हुन्छ । आफ्ना बच्चाहरुको स्न्याक्समा नट मिसाएर वा यसको पिठो बनाएर उनिहरु हलुवा वा लिटोमा मिसाएर खुवाउँदा उनीहरुको शरीर विकासमा फाइदा पुर्याउँछ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button