Grace Computer Jawalakhel
मुख्य समाचारसमाचार

तातो हावाको लहरले जनावरहरुमा कस्तो असर पर्छ ? ध्यान दिन जरुरी

एजेन्सी । अहिले तातो हावाको लहरको कारण मानिस र जनावर दुबैलाई असर परिरहेको छ । यस समयमा घरपालुवा जनावर छ भने उनीहरुलाई पनि ध्यान दिन जरुरी हुन्छ । हामी आफु त अहिले सितल हुने ठाँउमा बसेर वा फ्यान र एयर कन्डिसनमा बसेर आफुलाई चिसो बनाउन सक्छौ तर हाम्रो घरमा पालेको जनावर र वरिपरीको जनावरहरुलाई पनि ध्यान दिन आवश्यक हुन्छ ।

हामीले जस्तै जनावरले पनि यतिबेला गर्मीको तनावको समना गरिरहेका छन् भने उनीहरुमा पनि हिट स्ट्रोकको जाखिम हुन्छ । हाम्रो शरीरले पसिना निकालेर तापक्रम सन्तुलन गरिरहेको हुन्छ तर जनावरहरुले रौँ नभएको स्थान जस्तै खुट्टा, नाकको माध्यमबाट आफ्नो शरीरको तापक्रम सन्तुलन गरिरहेको हुन्छ ।

हिट वेभको समयमा जनावरको ख्याल कसरी राख्ने ?

बिरालोले आफ्नो ख्याल आफै राख्छ उनीहरु सितल ठाँउ आफै खोजेर, शारीरीक कार्यलाई सन्तुलन गरी यस्तो सितल ठाँउमा सुतेर गर्मीको समय पार गर्छन् तर कुकुरलाई भने यस्तो समयमा बढि ध्यान दिनु पर्ने हुन्छ । कुकुरहरुले जिब्रो र नाकबाट मोइस्चरलाई इभ्यापोरेट गर्दै र प्यान्टिगं गर्दै शरीरलाई सितल बनाई रहेका हुन्छन् ।
यदि तपाई अफिस जाँदै हुनुहुन्छ, घर बाट बाहिर जाँदै हुनु हुन्छ भने उनीहरुको लागि चिसो पानी र सितल हुने ठाँउको व्यवस्था गरिदिएर मात्र घरबाट बाहिर निस्कने । फ्रिजको खानेकुराहरु पनि उनीहरुलाई खान दिदा उनीहरुलाई सितल महसुस हुन्छ । उनीहरु सुत्ने स्थानमा हल्का पानीले पनि चिसो बनाउन सकिन्छ ।

गर्मीको कारण जनावरमा असर परेको कसरी थाहा पाउने ?

यदि जनावरले खाना र पानी पिउन मन नगरेमा, ज्यादा प्यन्टिगं गर्न थाले, वान्ता गर्न थाले वा बेहोस भयो भने तुरुन्तै भेटनरी लैजानु पर्छ । घर वरिपरी भएका जनावरको लागि आफ्नो घर बाहिर चिसो पानी राखिदिएर र उनीहरुलाई आफ्नो आँगनमा बस्न दिएर हामीले उनीहरुको ख्याल राख्न सक्छौँ ।

तातो हावाको लहरको समयमा मानिस र जनावर दुबै कमजोर महसुस गरिरहेको हुन्छन् यस्तो समयमा धेरै कार्य गर्ने उर्जा नहुने कारण आफु पनि ज्यादा काम नगर्ने र जनावरहरुलाई पनि डिस्टर्ब नगरी उनीहरुको ख्याल राख्न सकिन्छ ।

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
chinese language institute in lalitpur nepal
Oppazz

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button