गुड न्यूज 24समाचार

चिनियाँहरुले सधैँ तातो पानी किन पिउँछन् ? रहस्य यस्तो…

Gobal IME Bank

काठमाडौं । हामीले कतै बाहिर खाना खानको लागि जाँदा तातो पानी माग्दा वेटरले हामीलाई चिसो लागेको छ होला भन्ने सोच्छन् त्यो पनि जाडो मौसमको समयमा यदि गर्मी महिनामा तातो पानी माग्यौ भने पक्कै पनि पानी दिने व्यक्तिलाई हामी देखेर नै अचम्म लाग्न सक्छन् । पक्कै पनि यो अचम्मकै कुरा हुन्छ किनभने विश्वकै धेरै देशमा तातो पानी पिउन मान्छेहरुलाई खासै मन पर्दैन तर चीनका व्यक्तिहरुलाइ हामीले पानीको लागि सोध्यौँ भने सबैले तातो पानी नै माग्छन् यदि हामीले किन भनेर उनीहरुलाई प्रश्न गर्यौ भने उनिहरुले तातो पानी हाम्रो शरीरको लागि स्वस्थ हुन्छ भन्ने जवाफ दिन्छन् ।

जाडो होस् वा गर्मी मौसम चिनियाँहरु तातो पानी नै पिउँछन् र प्रायः सबै चिनियाँहरु गर्मीको बेलामा पनि थर्मस बोक्ने गर्छन् । यसरी तातो पानी पिउने चलन चौथौँ शताब्दी देखि चल्दै आएको छ र पुस्तामा बानी पास हुँदै आएको छ । चौथौ शताब्दीमा पानी तताएर पिउन, तताउनको लागि फ्युल किन्न सबैले सक्दैन थिए त्यो समयमा शाहि , विद्धवान र धनी व्यक्तिहरुले मात्रै पिउने गर्थे । त्यस समयमा नउमालिएको पानीलाई अशिक्षित र गरिबीको प्रतिक मान्ने चलन थियो तर अहिले हरेक चिनियाँ व्यक्तिहरुमा तातो पानी पिउँने बानी छ । चीनमा अहिले पनि धाराको पानि पिउनु अस्वस्थ हुन्छ विश्वास रहेको छ ।

चीनको परम्परागत औषधी अनुसार मानव शरीर दुई तत्व यिन र याङबाट बनेको छ । यिन र याङ सन्तुलनमा रह्यो भने मानव शरीर स्वस्थ रहन्छ भन्ने विश्वास रहेको छ । यिन र याङले धेरै कुराहरुको प्रतिनिधित्व गर्छ र यो विशेष सन्दर्भमा यिनले पानी र याङले गर्मीको प्रतिनिधित्व गर्छ । यदि कुनै व्यक्तिमा याङ अत्यधिक मात्रामा बढेको छ भने शरीरको आन्तरिक तापमान बढ्छ जसको कारण त्यो व्यक्ति बिरामी हुने सम्भावना बढ्छ यसको उपचारको लागि अत्यधिक याङ र अत्यधिक तापमान घटाउनको लागि तातो पानि पिउँन दिइन्छ । यसो गर्दा यिनलाई राम्रो बनाउछ र याङलाई टोनिफाई गर्छ । चिकित्सकहरुले पनि फ्लु जस्तो बिरामीको उपचारको लागि तातो पानी पिउन सल्लाह दिने गर्छन् ।

यो फाइदाजनक बानी हो किनभने पानी उमाल्दा पानीमा भएको ब्याक्टेरिया मर्छ र पानी सफा हुन्छ । हालसालकै रिसर्चहरुबाट पत्ता लागेको छ कि तातो पानी पिउँदा हाम्रो स्वास्थ्यको लागि फाइदाजनक हुन्छ । तातो पानी पिउँदा हाम्रो पाचन प्रणालिलाई राम्रो बनाउछ र हाम्रो खाना राम्रोसँग पच्छ । तातो पानी हाम्रो मस्तिष्कको लागि फाइदाजनक हुन्छ तातो पानी पिउँदा हाम्रो मस्तिष्कको केन्द्रिय स्नायु प्रणाली राम्रोसँग अनुकुलित हुन्छ र राम्रोसँग कार्य गर्न थाल्छ , डिहाइड्रेसन हुँदैन र तनाव र एन्जाइटी कम हुन जान्छ । कब्जियतको लागि पनि तातो पानी पिउनु फाइदाजनक हुन्छ । तातो पानी पिउँदा हाम्रो मृगौलामा भएको वेस्ट मटेरियलहरुलाई फ्लस गरिदिन्छ र हाम्रो मृगौला सफा बनाउछ ।

जाडो मौसमको समयमा हामीलाई जाडो भईरहेको र कामिरहेको छौँ भने तातो पानी पिउँदा हामीलाई न्यानो महसुस हुन्छ कपासको प्रयोग गरि कपडा बन्नु भन्दा अगाडी तातो पानी पिएर शरीर तताउने चलर थियो । तातो पानीले हाम्रो शरीरमा राम्रो सँग रक्तसंचार हुन्छ । रुघा, खोकि र नाक बन्द हुने समस्या हुँदा तातो पानी पिउँदा नाक खोल्नको लागि मद्दत मिन्छ । एक्लेजिया कार्डिया डिसअडर भएको व्यक्तिहले तातो पानी पिउँदा फाइदाजनक हुन्छ ।

एक्लेजिया भएको व्यक्तिहरुले खाना खाँदा खाना र तरल पदार्थ अन्ननलीबाट पास हुदैन र अड्किन्छ वैज्ञानिकहरुले सुझाव दिएका छन् यि व्यक्तिहरुले तातो पानि खाने बानी बसाल्दा खाना अड्किने समस्या कम हुन्छ ।
पानि हाम्रो शरीरको लागि चाहिने महत्वपुर्ण तरल पदार्थ हो त्यसैले पानि हामीले प्रसस्त मात्रामा पिउँने बानि बसाल्नु पर्छ । जाडो मौसमको बेलामा पानि चिसो हुने कारण हामी पानि कम पिउँछौ यसकारण हामीलाई डिहाइड्रेसन हुन सक्छ । त्यसैले तातो पानी पिउने बानि बिस्तारै बसाल्ने ।

प्राय कतिपय व्यक्तिहरुमा पानी दिनमा कति पिउने भन्ने प्रश्न उठिरहेको हुन्छ पुरुषले दिनमा ३.३ लिटर र महिलाले दिनमा २.३ लिटर पानी पिउने बानि बसाल्ने । गर्भवति महिलाले, ब्रेस्टफिडिङ गर्ने महिलाले, घाममा र तातो धेरै हुने ठाँउमा काम गर्ने व्यक्तिले ज्यादा पानी पिउनु पर्छ भने आद्र्र किसिमको ठाँउमा पानी ज्यादा मात्रामा पिउने बानी बसाल्ने ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button