शिक्षा स्वास्थसमाचारसूचना प्रविधि

कसरी 1X Beat अवैध खेलकाे फन्दामा परिरहेकाे छ नेपालीहरू ?

1X Beat Illegal Game!

Gobal IME Bank

कसरी काम गर्छन् वनएक्सबेट कम्पनी र एजेन्टहरु?

प्रयोगकर्तालाई सट्टाबाजीको लागि कोइन अथवा डिजिटल करेन्सीको आवश्यकता हुन्छ र यो डिजिटर करेन्सी वन एक्सका एजेन्ट र सब एजेन्ट मार्फत उनीहरु लिन्छन् र ग्याम्बल गर्छन् एकै चोटि धेरै पैसा कामउने लालसामा । वन एक्स बेट कम्पनीले मास्टर एजेन्टलाई कोइन दिन्छ र मास्टर एजेन्टले सब एजेन्टलाई ५ प्रतिशत कमिसन सहित कोइन दिने गर्छन् । यसरी वन एक्स बेटका प्रयोगकर्ता सम्म कोइन पुग्छ र उनी ग्याम्बिलङ गर्न थाल्छन् ।

गैरकानुनी रुपमा नेपालबाट महिनाको करोडौँ रकम बाहिर गई रहेको छ । केही वर्ष भित्रलाई नेपालमा जरा गाडेको वन एक्स बेट कसरी आफ्नो नेटवर्क बनाउन सफल भयो ?

हामीले दैनिक युट्यूबमा र सोसल मिडियामा हेर्ने र देख्ने इन्फ्लुएन्सर र युट्यूबर मार्फत वन एक्सबबेटले आफ्नो मार्केटिङ गरिरहेको छ । आफुलाई मन पर्ने यि व्यक्तिहरुले भनेको कुरा युवाहरुलाई सबै साँचो हो जस्तो पक्कै पनि लाग्ने गर्छ । हामीले दैनिक हेर्ने १० मध्ये ७ जना युट्युबरहरुले वनएक्स बेटिङ को खुलेर मार्केटिङ  गरि रहेका हुन्छन् । आफ्नो नैतिकता नै बिर्सेर युवाहरुलाई जुवा खेल्न प्रोत्साहित गरिरहेका छन् यि व्यक्तिहरु । वन एक्स बेटलाई प्रोमोट गरेबापन यि युट्युबरहरुले राम्रै रकम कमाउने गर्छन् । उनीहरुलाई वनएक्सबेटले एउटा कोड दिन्छ जुन कोडको प्रयोग गरेर यि युट्युबरको फलोअरहरुले साइनअप गरि बेटिङ  गर्छन् र यदि यि व्यक्तिहरुले ग्याम्बिलङ मा पैसा हारे भने युट्युबरले हारेको पैसाबाट २५ देखि ३० प्रतिशत कमिसन युट्युबरले पाउछ ।

यदि त्यो युट्युबरको अडियन्सले त्यो कोड प्रयोग गरेर वानएक्सबेटमा साइनअप गर्यो र बेटिङ मा हार्यो भने त्यसको २५ देखि ३० प्रतिशत कमिसन युट्यूबरले पाउछ । यसरी वान एक्सबाट लाखौँलाख कामई रहेका छन् युट्युबरहरुले । -Rabina Mangranti

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button