मुख्य समाचारसमाचार

विज्ञापन क्षेत्रको दायरा बढाउन आवश्यक छः उद्योगमन्त्री रिजाल

Gobal IME Bank

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले विज्ञापन क्षेत्रको दायरा बढाउन आवश्यक रहेको बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा भएको राष्ट्रिय विज्ञापन संघ नेपालको प्रारम्भिक साधरण सभामा बोल्दै मन्त्री रिजालले यस्तो बताउनुभएको हो । उहाँले अझै पनि विज्ञापन व्यवसायीहरुको दायरा भन्दा बाहिर विज्ञापनको क्षेत्र रहेको भन्दै व्यवसायीहरुको दायरामा ल्याउन आवश्यक रहेको बताउनु भयो ।

उहाँले सरकारले विज्ञापन व्यवसायलाई व्यवस्थित बनाउनको लागि राष्ट्रिय नीति ल्याउन लागेको बताउनु भयो । उहाँले सरकारले ल्याउने राष्ट्रिय नीतिमा विज्ञापन व्यवसाय क्षेत्रको दायरा बढाउन सहयोग गर्ने बताउनु भयो । उहाँले विज्ञापनको धेरै क्षेत्र विज्ञापन संघको दायरा भन्दा बाहिर हरेको भन्दै दायरामा ल्याउन पहल गर्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो,‘विज्ञापन व्यवसायीहरुको ठूलो भुमिका छ । विज्ञापन व्यवसायलाई व्यवस्थित गर्न सरकारले राष्ट्रिय नीति ल्याउँदैछ । विज्ञापन क्षेत्रको दायरा बढाउँदै जानुहोला । सरकारको राष्ट्रिय नीतिले पनि विज्ञापन व्यवसाय क्षेत्रको दायरा बढाउने विषय समेट्नेछ । विज्ञापनको धेरै क्षेत्र विज्ञापन संघको दायरा भन्दा बाहिर हरेको छ । नेपालमा अन्तर्राष्ट्रिय स्तरबाट सामानहरु बेच्ने गरेका छन् तर विज्ञापन दिने सम्भव हुन सकेको छैन । त्यसलाई पनि कानूनी दायरामा ल्याएर आवश्यक छ । विज्ञापन व्यवसायीहरुलाई परेको समस्या समाधानको लागि सहयोग गर्न तयार रहेको छ । गठबन्धनको सरकार रहेको भन्दै सरकारले सहयोग गर्न तयार छ ।’

उहाँले नेपालमा अन्तर्राष्ट्रिय स्तरबाट सामानहरु बेच्ने गरेपनि विज्ञापन आउन नसकेको बताउनु भयो । उहाँले त्यसलाई पनि कानूनी दायरामा ल्याएर आवश्यक रहेको बताउनु भयो । उहाँले विज्ञापनको क्षेत्रमा आफूलाई सबै विषय जानकारीमा नभएको भन्दै व्यवसायीहरुको सल्लाह सुझावको माग समेत गर्नुभयो । मन्त्री रिजालले विज्ञापन व्यवसायीहरुलाई परेको समस्या समाधानको लागि सहयोग गर्न सरकार तयार रहेको बताउनु भयो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button