मुख्य समाचारशिक्षा स्वास्थसमाचार

विश्व नर्स दिवस: हरेक नर्सहरुको अहम भुमिकाप्रति सम्मान

Gobal IME Bank

एजेन्सी । कोरोना महामारीको समयमा विश्वभर यो भाइरसबाट संक्रमित धेरै पीडितहरु थिए र अझै पनि यो भाइरस पुर्ण रुपमा निर्मुल हुन सकेको छैन । त्यस समयमा चिकित्सकको साथमा नर्सहरुको पनि अहम भुमिका रहेको थियो । कोरोनाको समयमा चिकित्सक, नर्स र अन्य हेल्थ वर्करहरुले हाम्रो सुरक्षाको लागि र संक्रमितको ज्यान जोगाउन दिन र रात नभनि खटिएका थिए ।

कुनै पनि बिरामी र पिडितलाई जति चिकित्सकको आवश्यकता पर्छ त्यति नै नर्सको पनि आवश्यकता पर्छ । नर्सहरुको पनि महत्वपुर्ण भुमिका हुन्छ मेडिकल फिल्डमा उनीहरुले बिरामीको स्याहार सुसार गरिरहेको हुन्छन् । बिरामी सँग डाक्टर भन्दा पनि बढी समय नर्सले बिताएका हुन्छन् ।

हरेक वर्ष १२ मे का दिन अन्तराष्ट्रिय नर्स दिवस मनाइन्छ । यो दिवस मनाईने चलनको सुरुवात सन् १९७४ मा भएको थियो । नर्स दिवस आधुनिक नर्सिङ्गको संस्थापक फ्लोरेन्स नाइटिङ्गलको लागी समर्पित दिन हो । उहाँको जन्म १२ मे मा भएको थियो र नाइटिङ्गलले नै नोबेल नर्सिङ्ग सेवाको सुरुवात गर्नु भएको थियो । २०२३ को नर्सिङ्ग दिवसको नारा हाम्रो नर्स हाम्रो भविष्य रहेको छ । यो थिम ग्लोबल अभियानको रुपमा संचालन हुने छ । यस नाराले कारोनाको महामारीबाट सिकेर भविष्यमा ग्लोबल हेल्थमा सुधार गर्न र यसमा नर्सहरुको भुमिकालाई सम्मन गर्ने लक्ष्य लिएको छ ।

अन्तराष्ट्रिय नर्सिङ्ग दिवस नर्स पेशाको बारेमा सम्मान र जागरुकता फैलाउनका लागि पनि मनाउने गरिन्छ । विश्वभरका नर्सहरुले गर्ने कडा मिहेनत र समर्पणप्रति धन्यवाद ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button