समाचार

नाफा हेरेर बिदेशमा लगानी नगर्न प्रधानमन्त्रीको निर्देशन-GoodNews24

Gobal IME Bank

काठमाडौं,  १२ कार्तिक । प्रधान मन्त्री के पि शर्मा ओलीले नेपालका लागि लगानी गर्न र थोरै २-४ पैसा कमाइन्छ भन्दैमा बिदेशमा लगानी नगर्नका निम्ती सबै उद्द्यमी ब्यवसायीलाई निर्देशन दिनु भएको छ ।

नेपाल उध्योग बाणिज्य महासंघको ५४ वार्षिक साधारण सभामा बोल्दै प्रधानमन्त्री ओलीले सरकारले भन्दा धेरै र महत्वपूर्ण काम निजी क्षेत्रले गरेको र राज्य र सरकार उद्द्यमी ब्यवसायीको पक्षमा रहेको जानकारी दिनु भयो ।

प्रधानमन्त्री ओलीले कोरोनाको कारण देशको अर्थ तन्त्रमा समस्या आइरहेको बेला नेपाल उध्योग बाणिज्य महासंघले महत्वपूर्ण काम गर्न सक्ने भन्दै यति बेला देशलाई लगानी खाँचो परिरहेको, जसका निम्ती बिदेशी लगानीलाई गुहार्न परेको अवस्थामा केही नाफा र २ -४ पैसाको कमाइन्छ भनेर बिदेशमा लगानी नगर्नको निम्ती अनुरोध गर्नु भएको थियो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button