मुख्य समाचारशिक्षा स्वास्थसमाचार

इसकुस खानुको फाइदै फाइदा, उच्च रक्तचापदेखी पत्थरीको लागिसम्म राम्रो

Gobal IME Bank

एजेन्सी । इसकुसमा प्रसस्त मात्रामा पानी पाइन्छ भने यसमा कम क्यालोरी हुन्छ । इसकुसको यसको स्वादको कारण पपुलर छ । इसकुसलाई काँचो, सलादमा मिसाएर वा पकाएर खान सकिन्छ । इसकुस तरकारीको रुपमा खाने चलन छ । यो तरकारी विश्वभरी विभिन्न तरकारी, सलादमा मिसाएर खाने चलन रहेको छ । इसकुसमा पानि, फ्याट, फाइबर, कार्बोहाइड्रेट, प्रोटिन, भिटामीन सि, भिटामीन इ, भिटामीन बि ६, कप्पर, पोटासियम, म्याग्नेसियम, जिंक र फोस्फोरस इत्यादि मन पर्छ । यि पोषक तत्वको कारण इसकुस निकै चर्चित तरकारी हो । यि पोषक तत्वको कारण इसकुस खाँदा हाम्रो शरीरले धेरै लाभ प्राप्त गर्छ । इसकुसको लाभहरुबारे पढ्नुहोस्

१.ब्लड ग्लुकोज लेभल सन्तुलित
मधुमेहको रोगीहरुको लागि इसकुस निकै लाभदायक तरकारी हो । यसमा कम क्यालोरी हुने कारण यसले रगतमा सुगर लेबललाई सन्तुलित गर्नका लागि मद्दत गर्छ । खाना खानु भन्दा अगाडी इसकुसको जुस सेवन गर्दा यसले हाम्रो शरीरमा ब्लड सुगर लेबललाई सन्तुलित गर्ने रिसर्चमा पत्ता लागेको थियो ।

२. उच्च रक्तचापको लागि फाइदाजनक
इसकुसको बारेमा गरिएको विभिन्न स्टडीबाट इसकुसमा पोटासियम र अल्कालोइड पाइने पत्ता लागेको थियो । यी पोषक तत्वहरुले किड्नीलाई फ्लुड र नुनको मात्रा कम गर्नको लागि मद्दत गर्छ । यसकारणले गर्दा रक्तचाप पनि कम हुन्छ ।
इसकुसको सेवनले गर्भवती महिलामा उच्च रक्तचाप कम गर्नका लागि मद्दत गर्ने रिसर्चबाट पत्ता लागेको छ । तर यदि तपाई गर्भवती हुनुहुन्छ र इसकुस खान मन लागि रहेको छ भने आफ्नो डाक्टरसँग सल्लाह लिएर मात्र खाँदा लाभदायक हुन्छ ।

३. कार्डियोभास्कुलर रोगहरु कम गर्न मद्दत
इसकुसमा पाइने पोषक तत्व कार्बोहाइड्रेट र पोट्टासियमले उच्च रक्तचाप गर्नको लागि मद्दत गर्छ । इसकुसको सेवनले हृदयघातको जोखिमलाई पनि कम गर्छ ।

४. पत्थरीको समस्या
इसकुसमा पाइने पोटासियमले किड्नीमा एक्सट्रा फ्लुड कम गर्नका लागि मद्दत गर्छ जसको कारण किड्नीमा पत्थर जम्ने जोखिम पनि कम हुन्छ । इसकुसलाई पकाएर वा काँचै सलादको रुपमा खान सकिन्छ ।

५. छाला 
इसकुसमा भिटामिन सि पाइन्छ जसको कारण हरेक दिन थोरै मात्रामा इसकुसको सेवन गर्दा पिम्पल र डार्क स्पट कम गर्नको लागि मद्दत मिल्छ । भिटामिन सि एन्टिअक्सिडेन्ट हो यो भिटामिन छालाको लागि फाइदाजनक हुन्छ ।

इसकुसलाई आफ्नो दैनिक आहारमा सामेल गरि यसबाट स्वास्थ्य लाभ प्राप्त गर्न सकिन्छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button