अन्यमुख्य समाचारसमाचार

आज चैत्र ५ गते आइतवार, कस्तो बित्नेछ तपाईको आजको दिन ? हेर्नुहोस् राशिफल

Gobal IME Bank

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ । चिताएको कामले तीव्रता लिनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): आज तपाईंको सामान हराउन सक्छ । सहयोग गर्नेहरूले झुक्याउन सक्छन्, सावधान रहनुहोला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): आज कुनै कुराले मनमा शान्ति छाउनेछ । शुभकार्यको चर्चा चल्नेछ । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): आज शुभकार्य तथा सामाजिक क्षेत्रमा धन खर्च हुनसक्छ । दबाब र तनाव बढेको महसुस हुनेछ । यात्रामा सावधानी अपनाउनु पनि पर्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नोकरी गर्नेले मानसम्मान पाउने छन् । लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिँदैन ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): आज अनावश्यक वादविवाद बढ्न सक्छ । पारिवारिक जीवन सामान्य रहनेछ । विद्यार्थीले पढाईमा अलिक बढी ध्यान दिनुपर्ने समय छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): आज अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइने छ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): आज रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पनि पुरा हुनेछन् ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो): तर्क र विवादमा राम्रो सफलता मिल्नेछ । धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ । जटिल ठानिएको काम सम्पादन होला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): आज लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ । जग्गाजमिनको कारोबारबाट राम्रो फाइदा हुनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): आजको दिन मनोरञ्जनपूर्ण समय रहला । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुख मिल्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button