Grace Computer Jawalakhel
अन्यसमाचार

ट्राफिक प्रहरीलाई बीच सडकमा कुट्ने युवक पक्राउ

ललितपुर। ललितपुरको चापागाउँ दोबाटोमा ड्युटीमा रहेका ट्राफिक प्रहरीमाथि कुटपिट गर्ने युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा ताप्लेजुङ घर भई चापागाउँ दोबाटोमा मोबाइल पसल राखेका २६ वर्षीय विश्वास राई छन्।

उनलाई शुक्रबार अपराह्नमा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी नवराज कार्कीले जानकारी दिए।

शुक्रबार दिउँसो चापागाउँ दोबाटोमा ड्युटीमा खटिएका ट्राफिक प्रहरी हवलदार सुनिल शाहमाथि राईले निर्घात कुटपिट गरेका थिए।

चापागाउँ दोबाटोमा नै मोबाइल पसल रहेको राईले ट्राफिक व्यवस्थापनमा काम गरिरहेका हवलदार शाहसँग निहुँ खोजी एक्कासी कुटपिटमा उत्रिएको एसपी कार्कीले बताए।

‘सिसीटिभी हेर्दा ड्युटी गरिरहेका हवलदारसँग सडकमा बसिरहेका ती व्यक्ति आफैले निहुँ खोजेको र अकास्मात् कुटपिटमा उत्रिएको देखिन्छ,’ उनले बताए।

राईलाई सोही दिन पक्राउ गरी सातदोबाटो प्रहरी वृत्तमा राखिएको छ।

उनीविरूद्ध अभद्र व्यवहारमा मुद्दा चलाउने र घटनाबारे थप अनुसन्धान भइरहेको एसपी कार्कीले जानकारी दिए।

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
chinese language institute in lalitpur nepal
Oppazz

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button