मुख्य समाचारसमाचार

इतिहासमा पहिलो पटक आज नेपाल र भारत भिड्दै

Asia Cup 2023

Gobal IME Bank

काठमाडौँ। भारतविरुद्धको हुने कुनै पनि खेल नेपालका लागि सधैँ प्रतिष्ठाको विषय बन्ने गर्छ। नेपालको लागि भारत कुनै पनि हालतमा हार्न नचाहने प्रतिद्वन्द्वी हो । यस्तो भावना खेलाडीमा मात्र नभई समर्थकमा समेत रहेको छ । एसिया कप २०२३ मा नेपालले सोमबार भारतसँग प्रतिस्पर्धा गर्दै छ । नेपालका लागि विश्वविजेता भारतसँगको खेल पक्कै पनि सहज भने हुने छैन ।

पहिलो खेलमा पाकिस्तानसँग पराजित भए पछि भारतविरुद्ध आज नेपाल प्रतिूपर्धा गर्दै छ । पहिलो पटक एसिया कप खेल्दै गरेको नेपालले चार दिनअघि पाकिस्तानविरुद्धको खेलमा २३८ रनले गुमाएको थियो ।

नेपालका कप्तान रोहित पौडेलले एसिया कपमा नेपालले खेल्ने अवसर पाउनु नै ठुलो उपलब्धि भइसकेको बताएका छन्। “हामीभन्दा अगाडिका दुई पुस्ताको अथक प्रयास र मेहनतले हामीले यहाँ खेल्ने अवसर पाएका छौँ । त्यसैले भारतविरुद्धको खेलमा राम्रो छाप छाडेर लामो समयदेखिको प्रयासलाई सार्थक बनाउने छौँ,” उहाँले आत्मविश्वासका साथ भन्नुभयो ।

श्रीलङ्काको पालेकेले इन्टरनेशल क्रिकेट रङ्गशालामा हुने समूह ‘ए’ अन्तर्गतको खेलमा नेपाल र भारतबीच खेल दिउँसो नेपाली समयअनुसार ३ः१५ बजे हुनेछ । नेपाली टोलीका कप्तान रोहित पौडेल र भारती टोलीका कप्तान रोहित शर्माबीच दिउँसो २ः४५ बजे टस हुनेछ । जुन नेपाल र नेपालीको लागि महत्त्वपूर्ण र ऐतिहासिक क्षण हुनेछ ।

नेपाल र भारतबीचको यस खेलको हरेक क्षण नेपालका लागि महत्वपूर्ण हुनेछ ।

भारत छिमेकी राष्ट्र भए तापनि भारतसँग खेल्न नेपालले आफ्नो अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमा २७ वर्ष यो खेलका लागि कुनुपर्‍यो । सन् १९९६ बाट अन्तर्राष्ट्रिय क्रिकेट खेल्न सुरु गरेको नेपालले आज पहिलो पटक भारतसँग खेल्ने मौका पाएको हो । नेपाल र भारत पहिलो पटक सिनियर टोलीमा आमने–सामने हुन लागेका हुन् ।

नेपालले सन् २०१७ मा भने भारतको यू–१९ टोलीसँग खेल खेलेको थियो । मलेसियामा भएको उक्त यु १९ एसिया कप क्रिकेटमा नेपालले भारतलाई १९ रनले पराजित गर्दै एतिहासिक नतिजा हात पारेको थियो । अब नेपालले सिनियर टोलीमा पहिलोपटक भारतसँग खेल्दै नयाँ इतिहास कायम गर्नेछ ।

एसिया कपमा पहिलोपटक सहभागिता जनाएको नेपालले भारतलाई पराजित गर्दै सुपर फोरमा पुग्ने लक्ष्य राखेको छ तर विश्व क्रिकेटको पावर हाउस भारतलाई पराजित गर्न नेपाललाई सहज भने हुनेछैन । एसिया कपको यस खेलले समूह ए को सुपर फोरमा पुग्ने दोस्रो टोलीको टुङ्गो लाग्नेछ । समूह ए बाट पाकिस्तान यसअघि नै सुपर फोरमा पुगिसकेको छ ।

समूह ए मा रहेका नेपाल र भारतले समान एक एक खेल छन् । जसमा नेपाल पाकिस्तानसँग पराजित भएको थियो भने भारतले पाकिस्तानसँग अङ्क बाँडेको थियो । वर्षाका कारण भारत र पाकिस्तानबीचको खेल रद्द भएपछि दुवै टोलीले समान एक एक अङ्क बाँडेका हुन् ।

समूह ए मा पाकिस्तान शीर्ष स्थानमा छ । त्यस्तै भारत दोस्रो स्थानमा रहँदा नेपाल तेस्रो स्थानमा छ । पाकिस्तान २ खेलमा १ मा जित र १ मा अङ्क बाँड्दै ३ अङ्कका साथ सुपर फोरमा पुगेको हो । भारतको एक खेलमा एक अङ्क छ । एक खेल खेलेको नेपाल अङ्कविहीन छ । नेपाल पहिलो खेलमा पाकिस्तानसँग २ सय ३८ रनले फराकिलो अन्तरले पराजित भएको थियो ।

समूह चरणको अन्तिम खेलमा भारतविरुद्धको खेलमा नेपाल विजयी भयो भने एसिया कपको सुपर फोरमा पुग्नेछ । अन्यथा नेपाल प्रतियोगिताबाट बाहिरिनेछ । समूह बी मा अफगानिस्तान, बङ्गलादेश र श्रीलङ्का छन् । हरेक समूहका शीर्ष दुई टोली सुपर फोरमा स्थान बनाउने छन् । सुपर फोरबाट शीर्ष दुई टोली फाइनलमा पुग्नेछन् ।

नेपाली टोलीमा कप्तान रोहितकुमार पौडेलसहित आशिफ शेख, कुशल भुर्तेल, सन्दीप लामिछाने ललितनारायण राजवंशी, भीम सार्की, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, करण केसी, गुल्सन झा, आरिफ शेख, सोमपाल कामी, अर्जुन साउद, प्रतिश जिसी, किशोर महतो, सन्दीप जोरा र श्याम ढकाल रहेका छन् ।

नेपालका कप्तान पौडेलले भारतीय कप्तान रोहित शर्मा र विराट कोहलीलाई रोक्न आफूहरूले योजना बनाएको सुनाउँदै भन्नुभयो, “आशा छ, हामी दुवै सुपरस्टार ब्याट्सम्यानलाई चाँडै पबेलियन फर्काउने छौँ ।”

नेपाली क्रिकेटरले भारतविरुद्ध कम्तीमा टक्करको खेल खेल्ने अपेक्षा नेपाली समर्थकले गरेका छन् । विशेषतः नेपाली टिमको प्रदर्शन ग्लोबल व्रिmकेटर बनिसकेका लेग स्पिनर सन्दीप लामिछानेमा निर्भर रहने छ । सायद सन्दीपको पाँच विकेटको प्रदर्शन र नेपालका कुनै शीर्षक्रममा ब्याट्सम्यानको शतक एकसाथ आएमा चमत्कार नहोला पनि भन्न सकिन्न ।

क्रिकेटद खेलअनिश्चित खेल हो । त्यसमा पनि टी–२० र एकदिवसीय क्रिकेट त भविष्यवाणी गर्न नसकिने खालको हुन्छ । विश्व क्रिकेटमै एसोसिएट टिमले टेस्ट टिमलाई हराएका कैयौँ उदाहरण पनि छन् । त्यसैले भारतविरुद्धको जित असम्भव नै होइन तर यसका लागि नेपालले चमत्कारपूर्ण खेल खेल्नुपर्ने हुन्छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button