अन्यसमाचार

आइटिएफ टेनिसमा १७ देशका ६४ खेलाडीले प्रतिस्पर्धा गर्ने -GoodNews24

Gobal IME Bank

कास्की । पोखरामा भोलिदेखि सञ्चालन हुने अन्तर्राष्ट्रिय टेनिस फेडेरेशन (आइटिएफ)को जुनियर यू–१८ टेनिस प्रतियोगितामा १७ देशका ६४ जना खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

अन्तर्राष्ट्रिय टेनिस सङ्घको आयोजना तथा कास्की जिल्ला टेनिस सङ्घको व्यवस्थापनमा पोखरा रङ्गशालास्थित टेनिस कोर्टमा सञ्चालन गरिने प्रतियोगिताको आवश्यक सम्पूर्ण तयारी पूरा भएको र स्वदेश तथा विदेशबाट समेत खेलाडी पोखरा आइसकेको प्रतियोगिताका संयोजक सूर्य भुजेलले बताउनुभयो ।

प्रतियोगितामा नेपालसहित भारत, अमेरिका, जर्मनी, सर्विया, जापान, मलेसिया, चीन, कोरिया, सिङ्गापुर, क्यानडा, अष्ट्रेलियालगायत देशबाट महिला ३२ र पुरुष ३२ गरी ६४ जना खेलाडीले अङ्कका लागि प्रतिस्पर्धा गर्ने निश्चित भएको उहाँले जानकारी दिनुभयो ।

प्रतियोगितामा नेपालबाट पुरुष तथा महिला छ-छ जना गरी १२ जनाले सहभागिता जनाउने भएकामा पोखराका नेहाल जङ्गबहादुर थापा, श्रेया भट्टराई र सौगात विकले प्रतिस्पर्धा गर्ने टेनिस सङ्घका जिल्ला अध्यक्ष दोर्जे लामाले बताउनुभयो ।

प्रतियोगिताले पोखरालाई खेलकूद शहरका रुपमा विश्वमा परिचित गराउँदै नेपाल भ्रमण वर्षलाई सफल बनाउने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाललाई चिनाउन मद्दत पुग्ने विश्वास आयोजकको छ । शनिबार र आइतबार दुई दिन ६४ जना खेलाडीबीच छनोट चरणका खेल खेलाएर आठ÷आठजना खेलाडी छनोट गरी माघ २७ गते प्रतियोगिताको औपचारिक उद्घाटन गरिने लामाले जानकारी दिनुभयो । विजेताले अङ्क प्राप्त गर्ने र प्राप्त अङ्कका आधारमा खेलाडीको वरियता निर्धारण हुने बताइन्छ ।

यो पनि पढ्नुहोस् ..

[irp posts=”2573″] [irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”3790″] [irp posts=”3875″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button