मुख्य समाचारसमाचार
संसद् सचिवालयका सचिव घिमिरेद्वारा राजीनामा
काठमाडौं । संघीय संसद् सचिवालयका सचिव ध्रुवप्रसाद घिमिरेले राजीनामा दिनुभएको छ । घिमिरेले मंगलबार राजीनामा दिनुभएपनि बुधबार मात्रै स्वीकृत भएको हो ।
घिमिरेले आफूले पारिवारिक कारणले राजीनामा दिएको भनि राजीनामा पत्रमा उल्लेख गर्नुभएको छ ।
यता प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाअभियोग प्रस्ताव निश्क्रिय भएको भन्दै संसदका महासचिव डा. भरतराज गौतमले पत्र पठाउनुभएको थियो ।
त्यसपश्चात भने गौतमको पनि राजीनामा माग भइरहेको थियो तर सचिव घिमिरेले राजीनामा दिनुभएको हो ।