समाचार

चितवनको कारागारमा उच्च सतर्कता-GoodNews24

Gobal IME Bank

कोरोनाको सङ्क्रमण बढ्दै गएपछि कारागार कार्यालय चितवनमा उच्च सतर्कता अपनाइएको छ । क्षमता भन्दा तीनगुणा बढी कैदीबन्दी रहेको कारागारमा कोरोनाको जोखिम बढेसँगै उच्च सतर्कता अपनाइएको हो ।

जिल्लामा कोरोना सङ्क्रमण बढ्दै जाँदा कैदीबन्दीमा कोरोना सङ्क्रमणको जोखिम बढेकाले उच्च सावधानी अपनाइएको कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेले बताउनुभयो । सङ्क्रमण शुरु हुने समयमा नै कैदीबन्दीलाई आफन्तसँगको भेटघाटलाई पूर्ण बन्द गरिएको थियो । गत चैत महिनादेखि नै कैदीबन्दीलाई भेटघाट बन्द गरिएको छ ।

यस्तै कैदीबन्दीलाई पैसाबाहेक अन्य केही दिन पाइने छैन । भित्र ल्याउने सामानमा समेत सेनिटाइज गरेर मात्र पठाइने गरिएको छ । कर्मचारीलाई अत्यावश्यक कामबाहेक कार्यालय नआउन र घरमै बस्न भनिएको काफ्लेले जानकारी दिनुभयो । अस्पताल र कारागार पठाउनैपर्ने जटिल बिरामीलाई पिसिआर परीक्षण गरेर मात्र पठाउने गरिएको छ भने अन्य बिरामीलाई आन्तरिकरुपमा औषधिको व्यवस्था गरेर अस्पताल पठाउन बन्द गरिएको छ ।

चिकित्सकले सिफारिस गरेका औषधि कारागारमै ल्याएर नियमित खानेलाई दिने गरिएको छ । औषधि खानेलाई एउटा ब्लक, सरूवा रोग भएकालाई अर्काे र अदालतबाट नियमित आउने थुनुवालाई क्वारेन्टिनका रुपमा छुट्टै ब्लकमा राख्ने गरिएको काफ्लेले जानकारी दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले लकडाउन शुरु भएयता नै कारागारमा उच्च सावधानी अपनाइएको बताउनुभयो । नयाँ कैदीबन्दी थपिँदा पिसिआर अनिवार्य गरिएको छ भन्दै उहाँले खाद्यान्न लिएर जानेबाट रोग सर्छ कि भन्ने चिन्ता रहेको जानकारी दिनुभयो । उनीहरुलाई पनि विशेष सावधानी अपनाउन भनिएको उहाँको भनाइ छ । कारागारमा धेरै कैदीबन्दी भएकाले सङ्क्रमण छिरेमा नियन्त्रणमा कठिनाइ हुने भएकाले सबैको साथ र सहयोग आवश्यक रहेकाे भट्टराई बताउनुहुन्छ ।

अहिले कारागारमा ६८६ कैदीबन्दी छन् । तीमध्ये ५५ महिला र ६२८ पुरुष छन् । एक आश्रित बच्चा रहेको काफ्लेले बताउनुभयो । महिलाको क्षमता २५ र पुरुषको क्षमता २५५ छ । तीमध्ये नियमित औषधि सेवन गर्ने दीर्घरोगी कैदीबन्दी १८२ जना छन् । नियमित औषधि खानेमा मुटु रोगका छ, उच्च रक्तचापका ७५ , मधुमेहका ६३ , क्षयरोगका दुई , थाइराइडका ११ , युरिक एसिडका १७ , छारेरोगका दुई, एचआइभीका तीन र मानसिक रोगी तीन जना छन् ।

यो पनि पढ्नुहोस् ..

[irp posts=”3554″] [irp posts=”2573″] [irp posts=”2770″] [irp posts=”3174″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button