शिक्षा स्वास्थसमाचार

जापनिजहरुबाट सिक्नैपर्ने खानाबारे सात बानीहरु

Gobal IME Bank

काठमाडौँ । विश्व स्वास्थ्य संघको अनुसार जापनिजहरुको आयु सम्भाव्यता ८३.७ वर्ष हो र यो विश्वभरीमा सबै भन्दा उच्च आयु सम्भाव्यता भएको देश हो । नेपालको आयु सम्भाव्यता ७१.४५ वर्ष रहेको छ । जापानको (ओबिसिटी रेट) मोटोपनाको दर पनि विश्वभरीमा सबै भन्दा कम छ । जापनिजहरु आफ्नो आहारको कारणले गर्दा स्वास्थ्य र आयुमा विश्वभरीमा सबैभन्दा अगाडी छन् । जापनिजहरु यी सात नियमहरुको पालना गर्छन जसको कारणले गर्दा उनीहरु स्वस्थ हुन्छन् र उनीहरुको आयु पनि लामो हुन्छ ।

१) आहारको गाइडलाइन पछ्याउने बानी

सन् २००२ मा जापानको सरकारले आफ्नो जनताको लागि आहारको गाइडलाइन सार्वजनिक गरेका गरेको थियो र सन् २००५ मा खानाको स्पिनिङ टप सार्वजनिक गरेको थियो । स्पिनिङ टपको डिजाइन पिरामिड आकारको थियो जसमा खानाको तालिका बनाइएको थियो । यो टेबल जापानको जनतालाई स्वस्थ खाना खाने बानी सिकाउनको लागि बनाइएको थियो । खानाको तालिकामा कार्बोहाइड्रेट धेरै भएको खानाहरु जस्तै अन्न, हरियो तरकारी, माछा र मासु इत्यादि खानको लागी सुझाव दिइएको छ । जापनिजहरु आफ्नो खानामा नुन र तेलको प्रयोग धेरै कम मात्रामा गर्ने गर्छन् र प्रशोधित खाना, चिनी धेरै भएको खाना र ड्रिंक्सहरु पनि उनीहरु निकै कम मात्रामा खाने गर्छन् । फलफुल र दुध पनि ठिक्क मात्रामा खाने सुझाव तालिकामा दिइएको छ । कार्बोहाइड्रेट धेरै भएको खाना खाने कारणले गर्दा उनीहरुलाई छिटो भोक लाग्दैन र शरीरमा उर्जा भईरहन्छ । जापनिज सरकारले आफ्नो जनताको स्वास्थ्यमा ध्यान दिएको कारण उनीहरुको स्वास्थ्य राम्रो भएको र आयु सम्भाव्यता बढ्न गएको हो ।

२) पोर्सन कन्ट्रोल

स्पिनिङ टपमा खानाको पोर्सनलाई पनि समावेश गरिएको छ । कुन खाना कति कति मात्रामा खाने भनेर पोर्सन तोकिएको छ । खानाको पोर्सनको साइज जेन्डर र उमेर अनुसारको हुन्छ । हरेक दिन मान्छेले ५ देखि ७ पोर्सन अन्न, ५ देखि ६ पोर्सन हरियो तरकारी, ३ देखि ५ पोर्सन अण्डा, माछा, मासु, २ पोर्सन फलफुल र २ पोर्सन दुध र दुधबाट बनेको प्रडक्ट इत्यादि खानुपर्ने बताइन्छ। जापनिजहरुको खानाको पोर्सन अरु देशहरु भन्दा कम हुन्छ ।

३) खानामा ध्यान दिने बानी

धेरै व्यक्तिहरु खाना आफुलाई सहज जसरी हुन्छ त्यसरी नै खाने गर्छन् । कोही टिभी हेरेर र कोही भने सोफामा बसेर खाना खाने गर्छन् । जापनिजहरु खाना डाइनिङ टेबलमा बसेर खाने गर्छन् किनभने उनीहरु खाना खाँदा खानामा नै पुरा ध्यान दिएर खाने गर्नु पर्छ भन्ने कुरा मान्छन् । जापनिजहरुले खाना खाँदा धेरै भाँडाको प्रयोग गर्ने गर्छन धेरै भाडा ओसार्न गाह्रो हुने भएकोले पनि उनीहरु डाइनिङ टेबलमा बसेर नै खाना खाने गर्छन् ।

४) फ्रेस प्रडक्टको प्रयोग

जापनिज मानिसहरुलाई फ्रेस, सिजनल र लोकल फुड प्रडक्टहरु मात्र किनेर खानको लागि सल्लाह दिइएको छ । रेडीमेड खाना फ्रिजमा राखेर पछि पकाएर खानु जापानमा अस्वस्थ मानिन्छ । जापनिज व्यक्तिहरु फ्रेस प्रडक्ट खरिद गर्नको लागि हप्तामा धेरै पटक ग्रोसरी स्टोर जाने गर्छन् ।

५) ब्यालेन्सड खाना खाने बानी

जापानमा खानामा सबै खानेकुराहरुको ब्यालेन्स मिलाएर खानुपर्छ भन्ने मान्यता छ । खानामा सबै खाने कुरा समावेश गरेर खानुपर्छ भन्ने पनि मान्यता छ । जापानको टिपिकल लन्च बक्समा चामल, मासु, माछा, मिसो सुप, दुध र फलफुल इत्यादि समावेश गरिएको हुन्छ । यसरी सबै खानाको मात्रा मिलाएर खाँदा आहारमा सबै पोषक तत्व पुरा रूपमा पाइन्छ ।

६) भेराइटी

जापनिजहरु आफ्नो आहारमा भेराइटीको खानाहरु समावेश गरेर खाने गर्छन् । उनीहरु माछामा स्रिम्प, ट्राउट, स्यालमोन र टुना फिस खाने गर्छन् । मासुमा गाई, चिकेन, पोर्क, हाँस र इलको मासु खाने गर्छन् । यी खानाहरु विभिन्न तरिकाले पकाएर खाने गर्छन् । यसकारण खाना बोरिङ हुने सम्भावना पनि हुँदैन र जापनिजहरुलार्ई विभिन्न भेराइटिको खाना बनाउन रमाइलो पनि लाग्छ ।

७) बच्चाहरुलाई पोषक तत्वबारे शिक्षा

जापानमा विद्यालयहरुमा पोषक तत्वबारे बच्चाहरुलाई शिक्षा दिने चलन छ । विद्यालय स्वास्थ्य शिक्षाको सरकारी निर्देशक मासाहिरो ओजिका अनुसार “ जापानको दृष्टिकोणमा विद्यालयको स्कुल लन्च शिक्षाको भाग हो ” । उनीहरुको दृष्टिकोणमा स्कुल लन्च मात्र ब्रेक नभएर बच्चाहरुलाई स्वस्थ खाना खान सिकाउने अवसर पनि हो । स्कुलमा खाना खाँदा बच्चाहरुलाई आरामले खान दिने चलन छ र धेरै स्कुलमा बच्चाहरुलाई आफ्नो लन्च सेयर गर्न पनि सिकाइन्छ ।

यसरी प्रारम्भिक शिक्षामा नै स्वस्थ खाना खान सिकाउँदा बच्चै देखी स्वस्थ र ब्यालेन्स मिलाएर खाना खाने बानी बस्छ र वयस्क हुन्जेल सम्म यही बानी बस्न जान्छ त्यसैले जापनिज मानिसहरु स्वस्थ हुन्छन् । जापनिज खानाको गाइडलाइनलाई जो कोहीले पनि फलो गर्न सक्छन् । यदि तपाईले यो गाइडलाइन फलो गरी व्यायाम गर्नु भयो भने स्वास्थ्यको लागि एकदमै लाभदायी हुन्छ ।

टोक्योमा रहेको न्यासनल सेन्टर अफ ग्लोबल हेल्थ एण्ड मेडिसिनको रिसर्चरहरुले गाइडलाइन सफल भएको छ वा छैन भनेर टेस्ट गरेका थिए र रिजल्टमा गाइडलाई फलो गर्ने व्यक्तिहरुको मृत्युदर कम भएको देखाएको थियो ।

 

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button