मुख्य समाचारसमाचार

रवि लामिछानेलाई मात्रै किन अरुको पनि नागरिकता छानबिन होस्- साहित्यकार झमक कुमारी घिमिरे

Gobal IME Bank

काठमाडौं । साहित्यकार झमक कुमारी घिमिरेले देशमा निस्पक्ष कानुन र न्यायलय छ भने अरुको पनि नागरिकता छानबिन होस् भन्दै टिप्पणी गर्नुभएको छ ।

पछिल्लो समय नागरिकता विवादकै कारण रवि लामिछानेले उप प्रधान तथा गृहमन्त्री पद गुमाउनुपरेको थियो । नागरिकता विवादपछि सरकारको उच्च पद गुमाउनुभएका लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद पनि गुमाउनुपरेको थियो । यद्यपी लामिछानेले भर्खरै प्रक्रिया पुगाएर जिल्ला प्रशासन कार्यलय काठमाडौंबाट नागरिकताका प्राप्त गरिसक्नुभएको छ ।

नागरिकताका प्राप्त गरिसक्नुभएपछि पार्टीको सभापतिको जिम्मेवारीमा पुनः आइसक्नुभएको छ । तर सभापति लामिछाने हालसम्म उप प्रधान तथा गृहमन्त्री पदमा भने पुनः पदवहाली हुनुभएको छैन् । सत्तासाझेदारीका शिर्ष दलहरुबिच लामिछानेलाई उप प्रधान तथा गृहमन्त्री पद पुनः दिने कि नदिने भन्नेबारेमा छलफल नै भइरहेको अवस्था छ ।

साहित्यकार घिमिरेले सामाजिक सञ्जालमा लेख्दै – ”रबीको शालीनता, भद्रता र धैर्यता देखियो ! अरुमा कति रहेछ त्यो पनि जाँचौं न !” भन्नुभएको छ ।

साहित्यकार झमक कुमारी घिमिरे लेख्नुहुन्छ- ”रबी लामिछानेलाई मात्रै किन अरुको पनि नागरिकता छानबिन होस् निस्पक्ष कानुन र न्यायलय छ भने ! रबीको शालीनता , भद्रता र धैर्यता देखियो ! अरुमा कति रहेछ त्यो पनि जाँचौं न !”

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button