समाचार

प्रहरीका लागि आइसोलेशन-GoodNews

Gobal IME Bank

भक्तपुर, २० भदौ : कोभिड–१९ को सङ्क्रमण रोक्न अग्रभागमा खटिने प्रहरीकालागि आइसोलेशन सञ्चालनमा आएको छ । अग्रभागमा खटिने प्रहरीमा कोरोना सङ्क्रमण बढ्न थालेपछि प्रहरीले आफ्ना जनशक्तिका लागि आइसोलेशन तयार पारेको हो ।

यसका लागि प्रहरीले मध्यपुरथिमिको पाठ्यक्रम विकास केन्द्रको एउटा ब्लकमा १८ श्ययाको आइसोलेशन तयार पारेर सञ्चालनमा ल्याएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता दीपक गिरीले प्रहरीमा पनि कोरोना सङ्क्रमण देखिन थालेपछि सचेतना अपनाउने र आइसोलेशन तयार पार्ने काम भएको बताउनुभयो ।

भक्तपुरका प्रहरीमा कोरोना सङ्क्रमण नफैलियोस् भनेर सचेतना अपनाएको, प्रहरीलाई फरक–फरक स्थान र विद्यालयमा समेत अस्थायी ब्यारेक बनाएर सुरक्षित राख्दै परिचालन गर्ने गरेको र सङ्क्रमितलाई खरिपाटीस्थित आइसोलेशनमा पठाउने गरिएको उहाँले बताउनुभयो ।

उहाँले प्रहरी परिसरका सङ्क्रमित एक प्रहरी निको भएर ड्युटीमा फर्किसकेको, जगाती प्रहरी वृत्तका प्रहरीमा सङ्क्रमण नभएको, नगरकोट प्रहरी प्रभागमा सङ्क्रमित एकलाई आइसोलेशनमा राखिएको जानकारी दिनुभयो । उहाँले परिसरमा रहेका दुई थुनुवालाई सङ्क्रमण भए पनि खरिपाटीस्थित आइसोलेसनमा राखिएको बताउनुभयो ।

महानगरीय प्रहरी वृत्त थिमिमा भने १३ प्रहरीमा कोरोना सङ्क्रमण भएको छ । जसमा तीन जना निको भएर काममा फर्किसकेका प्रहरी नायब उपरीक्षक ऋषिराम कट्टेलले जानकारी दिनुभयो । सङ्क्रमित १० जना पाठ्यक्रम विकास केन्द्रको आइसोलेशनमा रहेका र तीन सङ्क्रमित निको भएर काममा फर्किएका उहाँले जानकारी दिनुभयो ।

बालकोट प्रहरी प्रभागमा सङ्क्रमित एक पनि निको भएर काममा फर्किसकेका छन् । प्रहरीका लागि पाठ्यक्रम विकास केन्द्रमा १८ श्यया क्षमताको आइसोलेशन तयार पारेर सञ्चालनमा ल्याइएको छ । थिमि प्रहरी वृत्तमा रहेका सात जना थुनुवामा पनि सङ्क्रमण पुष्टि भएपछि आइसोलेसनमा पठाइएको छ ।
–––

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button