समाचार

जुम्लामा प्रदेश लेखा नियन्त्रक कार्यालय स्थापना-GoodNews24

Gobal IME Bank

जुम्ला- कर्णाली प्रदेश अन्तर्गत जिल्लाको सदरमुकाम खलङ्गामा लेखा तथा नियन्त्रक कार्यालय स्थापना गरिएको छ । कार्यालयको उद्घानटन कार्यक्रममा सांसद गजेन्द्रबहादुर महतले जिल्लामा प्रदेश सरकारका तर्फबाट हुने सबै आर्थिक क्रियाकलाप नियन्त्रण गर्ने गरी प्रदेश सरकारले कार्यालय स्थापना गरेको बताउनुभयो । “जनताले सङ्घीयताको प्रत्याभूति घरआँगनमै गर्न सकुन् भनेर जिल्लामा कार्यालय स्थापना गरिएको हो”, सांसद महतले भन्नुभयो । गत आर्थिक वर्षमा आर्थिक वर्ष समाप्त भइसकेपछि पनि निकासा तथा भुक्तानीमा समस्या परेकाले चालु आर्थिक वर्षमा यस्ता खालका समस्या न्यूनीकरण गर्न प्रदेश सरकारले पहल गर्ने जानकारी उहाँले दिनुभयो । सरकारले कर्णाली प्रदेशका सबै जिल्लामा सबै मन्त्रालय मातहतका कार्यालय स्थापना गरेर सरकारी सेवा प्रभावकारी ढङ्गले अगाडि बढाइने सांसद महतले जानकारी दिनुभयो। जुम्लामा कर्णाली प्रदेश मातहतका १२ कार्यालयबाट सम्पादन गरिने क्रियाकलापको लेखा नियन्त्रण गर्ने गरी कार्यालय स्थापना गरिएको कार्यालयका लेखा सहायक विश्वराज खत्रीले बताउनुभयो । यसअघि जिल्लामा कार्यालय नहुँदा प्रदेशबाट सञ्चालित क्रियाकलापका लागि प्रदेश राजधानी सुर्खेत जानुपर्ने बाध्यता थियो ।

यो पनि पढ्नुहोस् ..
[irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”6152″] [irp posts=”6192″] [irp posts=”6588″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button