मुख्य समाचारसमाचार
काठमाडौं – १ अपडेट: प्रकाशमानलाई उछिन्दै रविन्द्र मिश्र अग्रस्थानमा
काठमाडौं । काठमाडौं क्षेत्र नं १ मा नेपाली काँग्रेसका उम्मेदवार प्रकाशमान सिंहलाई पछि पार्दै राप्रपाका रविन्द्र मिश्र अग्रस्थानमा उक्लिएका छन् ।
मिश्रले हालसम्म २ हजार ४ सय १३ मत प्राप्त गरेका छन् ।
नेपाली काँग्रेसका प्रकाशमान सिंहले भने २ हजार ३ सय २ मत प्राप्त गरेका छन् । त्यस्तै तेस्रो स्थानमा भने हालसम्म एक हजार ४ सय ४१ मसतसहित नेकपा एकपा एमालेका किरण पौडेल रहेका छन् ।
मतगणना हुने क्रम जारी छ ।