Grace Computer Jawalakhel
मुख्य समाचारसमाचार

काठमाडौँ महानगरपालिकाका नियमित करदाताले पुस मसान्तसम्म कर तिरे १० प्रतिशत छुट हुने

Kathmandu Metropolitan

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले तोकिएको अवधिभित्रै आफ्नो व्यवसायको कर बुझाउन सूचना जारी गरेको छ ।

महानगरपालिकाको राजस्व विभागले सूचना जारी गर्दै कर बुझाएर छुट सुविधा लिन पाउने समेत जानकारी दिएको छ ।

महानगरले तीर्न बुझाउनपर्ने सम्पत्ति कर बहाल कर व्यवसाय करमा दिएको छुट सुविधा लिन आग्रह गरेको छ । सम्पत्ति, व्यवसाय र बहाल कर नियमित तिर्नेलाई आउँदो पुस मसान्त भित्रमा कर तिरेमा चालु आर्थिक वर्षको कर रकमको १० प्रतिशत छुट हुने’ महानगरपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

यसैगरी महानगर क्षेत्रभित्र सञ्चालन भएका होटल, रिसोर्ट वा सिनेमा घरको नाममा घरजग्गा भई वा भाडामा लिएर होटल, रिसोर्ट वा सिनेमा घर निर्माण गरी सञ्चालन गरेको करदाताको हकमा बक्यौतासहितको सम्पत्ति कर चालु आवको पुस मसान्तभित्र चुक्ता गरेमा थप ३० प्रतिशत छुट सुविधा रहेको महानगरको राजस्व विभागले जानकारी दिएको छ ।

पार्किङ प्रयोजनको भवनमा १० वर्षसम्म सम्पत्ती कर छुट

महानगरपालिकाको राजस्व विभागका अनुसार व्यावसायिकरुपमा गाडीको पार्किङ प्रयोजनका लागि भवन निर्माण गरेमा भवन निर्माण सम्पन्न भएको मिति देखि पार्किङका लागि प्रयोग हुने क्षेत्रको १० वर्षसम्म सम्पत्ति कर छुट हुने छ ।

‘एक वडा, एक नमूना उद्यम’ कार्यक्रमअन्तर्गत सञ्चालित उद्योग वा व्यवसायको दर्ता भएको तीन वर्षसम्म बुझाउन पर्ने व्यवसाय कर र दर्ता शुल्कको कर ९५ प्रतिशत छुटको व्यवस्था छ ।

चालु आर्थिक वर्ष २०८० ०८१ करको दायरामा नआएका जुनसुकै उमेरका महिला, जनजाति, दलित, अपाङ्गता भएका र ३५ वर्षभन्दा कम उमेरका युवाका नाममा दर्ता भई सञ्चालनमा रहेका रु पाँच लाखसम्म पुँजीगत लगानी भएका उद्योग, व्यवसाय, कम्पनी, संस्थाले २०८० पुस मसान्तभित्र कर दाखिला गरेमा जम्मा कर रकमको ४० प्रतिशत र नियमित कर दाखिला गर्ने करदाताका हकमा करको रकम २५ प्रतिशत छुट हुने जनाइएको छ र यसमा काठमाडौँ महानगरपालिकामा स्थायी बसोबास भएका व्यक्तिलाई करमा ५० प्रतिशत छुट हुने सूचनामा उल्लेख गरिएको छ ।

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
chinese language institute in lalitpur nepal
Oppazz

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button